Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- संवैधानिक हकको कुरुप ऐना: स्वास्थ्यमा बेथिति र नागरिक सास्ती
- शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल गरिने
- रोल्पाका पहिरो प्रभावितलाई सरकारले तत्काल राहत उपलब्ध गराउने
- साउन ३० गते शनिबार शनिदेवको दर्शन गरि राशिफल पढ्नुहोस
- इभेन्ट बेटर ग्यालेक्सीका संस्थापक धीरज तण्डुकार बेलायतमा सम्मानित
- सिक्किममा पहिलोपटक गुञ्जनेछ नेपथ्य,‘सेलिब्रेट सिक्किम’ कन्सर्टको घोषणा
- ‘माया भनेकै यस्तो होला’मा प्रेम र बाध्यताको चेपुवामा दिल
- ‘रोड टु एभरेस्ट’ वृत्तचित्रको ट्रेलर सार्वजनिक, समुद्रदेखि सगरमाथासम्मको झलक
- पल र अन्जनाले सुरु गरे ‘यानीमाया’को छायांकन, फागुन ७ बाट रिलिज
- अनमोल र सुहानाको ‘ए मेरो हजुर ५’ शुभमुहूर्त
गत आर्थिक वर्षमा फूल उत्पादनमा वृद्धि
काठमाडौँ,
गत आर्थिक वर्षमा फूल आयातमा कमी आएको छ । आर्थिक वर्ष २०८०÷८१ मा रु २७ करोड ६९ लाख बराबरको आयात गरिएको फूल गत आर्थिक वर्ष २०८१÷८२ मा रु १२ करोड ६० लाखको मात्र आयात गरिएको फ्लोरिकल्चर एसोसिएसनले जानकारी दिएको छ ।
पुष्प व्यवसायीहरूको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा रु १५ करोडले आयातमा कमी आएको छ । अध्यक्ष श्रेष्ठका अनुसार आयातमा कमी आउनुको मुख्य कारण भन्सारमा कडाइ, स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु र उत्पादन बढ्नु नै हो ।
यसैगरी, अघिल्लो आर्थिक वर्षको तुलनामा निर्यात भने बढेको छ । अघिल्लो आर्थिक वर्षमा रु एक करोड दुई लाख बराबरको फूल विभिन्न देशमा निर्यात भएको थियो भने गत आर्थिक वर्षमा रु दुई करोड १३ लाखको फूल निर्यात भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यसरी फूल निर्यात हुने जापान, अस्ट्रेलिया, माल्टा, हङकङलगायतका देशमा निर्यात हुने गरेको छ । हरेक वर्ष तिहारमा प्रयोग हुने मखमली फूल र प्रणय दिवसका लागि रातो गुलाफ आयात गर्ने गरिएको छ । पछिल्लो सयम स्वदेशमै फूल उत्पादन बढेकाले विगतका वर्षमा भन्दा यस वर्ष तिहारका लागि ल्याइने फूलमा कमी हुने अनुमान छ । हरेक वर्ष फूल उत्पादन बढ्दै गए पनि वार्षिक रुपमा १५ देखि २० प्रतिशत फूलको बजार माग बढ्ने गरेकाले पूर्ण रुपमा फूल आयातमा रोक्न नसकिएको बताइएको छ ।
पछिल्लो समय बजार माग वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५४ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । व्यावसायिक रूपमा ५१ हजार ५० जना यस व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहभागी बनेका छन् । लगभग २२१ हेक्टर क्षेत्रफलमा यो व्यवसाय सञ्चालनमा हुँदै आएको छ । यस व्यवसायको वार्षिक लक्ष्य भने रु तीन अर्बभन्दा बढी रहेको छ । फूलको व्यापार विशेषगरी असोजदेखि फागुन महिनासम्म बढी हुने गरेको छ ।