
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- मेट्रो ल्याब्सको निःशुल्क मधुमेह परीक्षण अभियान जारी, ५ हजारभन्दा बढीको परीक्षण गर्ने लक्ष्य
- विक्की श्रद्धाको ‘ककाकिकी’को प्रिमियरमा चलचित्रकर्मीले गरे प्रशंसा
- नेपाल–फिनल्याण्ड आर्थिक साझेदारी विस्तारमा चेम्बरको जोड
- घोप्टेभिरको पहिरो रोकथामको काम थप तीन दिन लाग्ने
- फेरी मान्यता पायो गगन सभापति रहेको कांग्रेसले
- फेवा किङ्स कप भलिबलः एपिएफद्वारा पुलिस पराजित
- १२.२६ प्रतिशत विद्युत चुहावट १२.१६ मा झर्यो
- फेवा किङ्स कपः पहिलो खेलमा गण्डकी प्रदेश विजयी
- नागरिक लगानी कोष ऐनलाई समयानुकूल अद्यावधिक गर्न संशोधन विधेयक: अर्थमन्त्री वाग्ले
- चार महिनामा वैदेशिक व्यापार ३३ प्रतिशतले बढ्यो, व्यापार घाटा करीब ३० प्रतिशतले वृद्धि
सयपत्री फूलखेतीबाट वार्षिक सात लाख बचत गर्दै
जिल्लाको मनराशिस्वा नगरपालिका–३ सोनौल गाउँका लालबाबु भण्डारीले सयपत्री फूलखेतीबाट वार्षिक रु सात लाख बचत गरिरहेका छन । करिब २० कट्ठा क्षत्रमा लगाइएको सयपत्री फूलखेतीबाट उहाँले वार्षिक रु सात लाख बचत गर्दै आएका हुन ।
अहिले लालबाबुको दैनिकी बिहान ५ः०० बजेदेखि बेलुकाका ५ः०० बजेसम्म फूलखेतीमा बित्ने गरेको छ । गाउँको दुई स्थानमा १०÷१० कट्ठामा क्षेत्रफलमा सयपत्री फूलखेती गरेका लालबाबुले दिनभरि फूलको बिरुवा हेरचाह, सिँचाइ, मलखाद्य र फूल टिप्ने कार्यमा बिताउछन ।
फूलखेतीमा उहाँलाई छोराद्वय विकास र आकाशले पनि सघाउने गरेका छन । भारतको मुज्जफरपुरबाट सयपत्री फूलको बिरुवा प्रतिवटा भारु दुईमा ल्याएर रोपाइँ गर्ने गरेको लालबाबुले बताए । उनका अनुसार एउटा बिरुवा हुर्कन २० देखि ४० दिन लाग्दछ । “एउटा बिरुवा सप्रिएपछि तीन–चार महिनासम्म फूल दिने गर्दछ । दश कट्ठामा लगाइएको एक हजार २०० बिरुवाले एकैपटक फूल दिँदा एक दिनमा ५० किलोसम्म हुन्छ”, उनले भने ।

उहाँले दुई स्थानमा फरकफरक समयमा फल्ने सयपत्री लगाउनुभएको छ । एक स्थानमा उत्पादित फूल सकिन लाग्दा अर्को स्थानमा फूल्न थाल्ने भएकाले वर्षभरि बिक्री गर्न सक्ने लालबाबुले बताए । सयपत्री फूलको माग वर्षभरि हुने भएकाले सधैँ आपूर्ति गर्न सफल भएको उनको भनाइ छ ।
“एउटा सयपत्री फूल उनेको मालाको रु ५० देखि रु ७० पर्छ । घरमा आएका व्यापारीलाई रु ४० मा बिक्री गर्छौँ । यसबाट दैनिक रु पाँच हजारसम्म आम्दानी हुने गरेको छ”, लालबाबुका छोरा विकासले भने । थोकमा प्रतिकिलो रु चारदेखि रु ५०० सम्ममा बिक्री गर्दा दैनिक रु दुई हजारदेखि रु पाँच हजारसम्म आम्दानी हुने उहाँले जानकारी दिए।
लालबाबुले घरमा ‘जयमा फूल भण्डार’ नाममा पसल सञ्चालन गरेका छन । वर्षभरिको घरखर्च, छोराहरूको पढाइ र अन्य खर्च कटाएर रु सात लाखसम्म बचत हुने गरेको उहाँले जानकारी दिए ।
Prev Post