सुचना, समाचार र मनोरन्जन

बाढीपहिरो पीडितका लागि फ्युचर प्वाइन्टको पाँच लाख एघार हजार सहयोग

पोखरा,

बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि पोखरास्थित Future Point Education Consultancy Pvt. Ltd. ले राहत कोषमा रु. ५ लाख ११ हजार सहयोग गरेको छ।

विपद्का कारण प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले कन्सल्टेन्सीले उक्त रकम सहयोग गरेको हो। विपद्को कठिन समयमा पीडितको साथमा उभिँदै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले सहयोग गरिएको कन्सल्टेन्सीले जनाएको छ।

Future Point Education Consultancy की सञ्चालिका रोमा थापा कुँवर विगत १६ वर्षदेखि शिक्षा परामर्श सेवाको क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। व्यावसायिक यात्रासँगै महिला सशक्तीकरणलाई समेत प्राथमिकता दिँदै उहाँले कन्सल्टेन्सीमा महिला कर्मचारीलाई अवसर प्रदान गर्दै आउनुभएको छ।

व्यवसायलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै विपद्का बेला गरिएको पाँच लाख ११ हजार रुपैयाँको सहयोगले मानवीय संवेदना र सामाजिक जिम्मेवारीको उदाहरण प्रस्तुत गरेको छ।

कन्सल्टेन्सीले आगामी दिनमा पनि शिक्षा क्षेत्रसँगै सामाजिक सेवाका क्षेत्रमा आफ्नो भूमिका निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।

Leave A Reply

Your email address will not be published.