सुचना, समाचार र मनोरन्जन

हामी न झुक्छौँ, न झुक्किन्छौँः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अधिवेशनसम्बन्धीको विवाद लम्बिँदै गइरहेका बेला आफूहरू न झुक्ने, न झुक्किने बताएका छन् ।

आगामी पुस १६ देखि नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमा जानुपर्ने बताइरहेका बेला उनले मंगलबार समाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै आफूहरू न झुक्ने, न झुक्किने बताएका हुन् ।

कांग्रेसभित्र अहिलेको बहस अधिवेशनको मितिमात्र नभएर पार्टी सुधारको दिशाबारे भएको बताएका छन् । ‘नागरिकले दिएको सन्देश स्पष्ट छ, पुरानै शैलीले अब काम चल्दैन । सुधार गरेर मात्र विश्वास फर्किन्छ,’ थापाले भनेका छन् ।

महामन्त्री थापाले पार्टीका नेता–कार्यकर्ताहरूलाई धैर्य राख्न अनुरोध पनि गरेका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नयाँ ऊर्जा र सुधारिएर जाने पनि प्रष्ट्याएका छन् ।

Leave A Reply

Your email address will not be published.