सुचना, समाचार र मनोरन्जन

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

भरतपुर,

चितवनमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५६ वर्षीय बाबुकाजी क्षेत्री रहेका छन् ।

सोमबार अपराह्न चितवनको भरतपुर महानगरपालिका १२ स्थित रामबेल सामुदायिक वनको कालिमाटी घोल नजिक घाँसदाउरा काट्न गएका बेला सोही स्थानका क्षेत्रीलाई गैँडाले आक्रमण गरेको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार निजको घटनास्थलमै मृत्यु भएको हो ।

Leave A Reply

Your email address will not be published.