सुचना, समाचार र मनोरन्जन

‘गण्डकीका धुनहरू’ ‍मा ४० कलाकारले प्रस्तुती दिने

 

 

कास्की : पौष २७ गते शनिबार पोखरामा ४० कलाकारहरूले सांगीतिक धुनहरू सुनाउने भएका छन्।

गण्डकी प्रज्ञा प्रतिष्ठानले पोखरा सांगीतिक कलाकार संघ नेपालसँगको सहकार्यमा गण्डकीका धुनहरू कार्यक्रम गर्न लागेको छ। पोखरामा पत्रकार सम्मेलन गरेर काठमाडौं र गण्डकीका वरिष्ठ वाद्यवादकहरू नेपाली मौलिक बाजाहरूबाट प्रस्तुती दिने बताइएको छ।

Gandarbha

गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले अग्रज स्रष्टाहरू प्रति सम्मान व्यक्त गर्दै नयाँ पुस्तालाई मौलिक बाजाहरू प्रति आकर्षित गराउने र साक्षात्कार गराउने उद्देश्य रहेको बताए।

कार्यक्रम अपरान्ह ३:४० बजेबाट प्रतिष्ठानको भानु हलमा सुरु हुने उनले बताए ।

कार्यक्रमका संगीत संयोजक तथा निर्देशक प्राज्ञ अशोक राईले पोखरामा अर्केष्ट्राको पहिलो स्वरुप प्रदर्शन गर्न लागिएको जानकारी दिए।

२७ गतेको कार्यक्रममा मूलत गण्डकी प्रदेशका धुनहरू र यहाँका अग्रज स्रष्टाका सिर्जनालाई पहिलो प्राथमिकता दिएर प्रस्तुती राख्न लागिएको उनको भनाइ छ।

‘हाम्रो अभियान हो यो, अहिले हामीलाई प्रतिष्ठानले प्लेटफम तयार गरिदिनुभयो, यसरी नै हाम्रो आग्रह अरुहरु प्रदेशमा पनि यसरीनै प्लेटफम तयार गरिदिनुभयो भने धुन सँगसँगै कल्चर एक्सचेन्ज हुन्छ भन्ने मान्यता हो’ उनले भने ।

 

Leave A Reply

Your email address will not be published.