सुचना, समाचार र मनोरन्जन

गण्डकीमा छ लाख ४३ हजार थान पाठ्यपुस्तक बिक्री

 

गण्डकी : नयाँ शैक्षिक सत्र सुरू भएपछि गण्डकी प्रदेशमा हालसम्म छ लाख ४३ हजार पाँच सय ३९ थान पाठ्यपुस्तक बिक्री भएको जनाइएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको गण्डकी प्रादेशिक कार्यालयका अनुसार रु आठ करोड ८३ लाख १३ हजार आठ सय बराबरको पाठ्यपुस्तक बिक्री गरिएको हो । कार्यालयका सूचना अधिकारी शिवविलास पौडेलले प्रदेशका ११ वटै जिल्लामा पाठ्यपुस्तक पुगिसेकेको जानकारी दिए ।

 

“माग भएजति पाठ्यपुस्तक स्थानीय बिक्रेतामार्फत जिल्लामा पठाइसकेका छौँ, हामीसँग पाठ्यपुस्तक प्रयाप्त छ”, उनले भने । प्रदेशका १० जिल्लामा पोखरा र नवलपुरमा भरतपुर कार्यालयबाट पुस्तक बिक्री वितरण हुँदै आएको छ । पाल्पाको रामपुर क्षेत्रमा पनि पोखरास्थित कार्यालयबाट पुस्तक जाने गरेको सूचना अधिकारी पौडेलले बताए ।

 

शैक्षिक सत्र सुरू हुनुअगावै विद्यार्थीका हात पाठ्यपुस्तक पुगिसकेको उहाँको भनाइ छ । कार्यालयमार्फत मनाङमा छ हजार छ सय ७५, मुस्ताङमा तीन हजार आठ सय ३०, लमजुङमा ३९ हजार पाँच सय ९१, म्याग्दीमा ३९ हजार दुई सय ५५, गोरखामा ६४ हजार पाँच सय ४५, पर्वतमा ४४ हजार एक सय १९, बागलुङमा एक लाख दुई हजार चार सय २७, स्याङ्जामा ५१ हजार आठ सय ८३, कास्कीमा एक लाख ८२ हजार एक सय नौ, र पाल्पाको रामपुर क्षेत्रमा तीन हजार पाँच सय ९२ थान पुस्तक बिक्री गरिएको हो ।

Leave A Reply

Your email address will not be published.