सुचना, समाचार र मनोरन्जन

पोखरा इलेक्ट्रिक क्लवद्वारा नयाँ वर्ष २०८२ को टेबल क्यालेण्डर विमोचन

पोखरा/

पोखरा इलेक्ट्रिक क्लबले प्रकाशन गरेको नयाँ वर्ष २०८२ सालको टेबल क्यालेण्डर एक समारोहका बीच विमोचन गरेको छ। कार्यक्रमको प्रमुख आतिथ्यता पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले गरेका थिए भने संघकी महासचिव शोभा गौतम विशेष अतिथि रहेकी थिइन ।

क्यालेण्डर बिमोचन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष गोकण कार्कीले क्लवको स्लोगन अनुसार संघले पनि “स्वदेशी श्रमलाई सम्मान गरौं, पुँजी पलायन रोकौ” भन्ने नारालाई आत्मसाथ गर्दै क्लवले दक्ष जनशक्ति उत्पादनमा जोड दिएको जानकारी गराए । त्यस्तै वरिष्ठ पत्रकार कमल पौडेल अथकले पोखरा इलेक्ट्रिक क्लबले समाजमा उल्लेख्य काम गरेको बताउँदै आगामी दिनहरुमा थप उन्नतीको कामना गरेका छन।

समारोहमा बोल्दै क्लबका अध्यक्षले अमृत पोखरेलले उपस्थित अतिथि महानुभावहरुलाई नयाँ वर्ष २०८२ को शुभकामना दिँदै, टेबल क्यालेण्डर प्रकाशनमा साथ र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका थिए। उनले क्लबले स्थापनाको रजत जयन्ती वर्ष मनाइरहेको प्रसंग उठाउँदै, दक्ष जनशक्ति उत्पादन र नयाँ प्रविधिमा आधारित तालिममार्फत व्यवसायिक क्षमता विकास गर्ने योजनाबारे जानकारी दिए। साथै, उनले पोखरा उद्योग वाणिज्य संघसँग सहकार्य गर्दै नयाँ पुस्तालाई आवश्यक सीप र प्रविधिमा दक्ष बनाउनेतर्फ क्लबले अझ दृढता साथ अघि बढ्ने प्रतिवद्धता जनाए। क्लबको २५ औं वर्षगाँठ अवसरमा एक स्तरीय स्मारिका प्रकाशन गरिने जानकारी पनि दिए।

सोही अवसरमा क्लबका पूर्वउपाध्यक्ष तथा हाल जिल्ला सहकारी संघ कास्कीका अध्यक्षमा निर्वाचित भएका दीपक बास्तोलालाई विशेष बधाई दिईएको छ। साथै, एसईई परीक्षामा सफल भए तापनि अघिल्लो सम्मान कार्यक्रममा छुटेका समीक्षा अर्याल र कृतेष उप्रेतीलाई पनि कार्यक्रममा सम्मानित गरिएको थियो।

कार्यक्रममा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष श्री चिन्तामणि खरेल,पोखरा इलेक्ट्रिक क्लबका निवर्तमान अध्यक्ष कृष्णप्रसाद सापकोटा, पूर्वअध्यक्ष श्री विष्णुकुमार खड्गी, पूर्वअध्यक्ष  भीमप्रसाद पौडेल, मदिरा व्यवसायी संघका अध्यक्ष सुरेश घिमिरे, एस.के साउण्डका प्रोपाइटर एवं समाजसेवी शेरबहादुर गुरुङ,वरिष्ठ पत्रकार कमल पौडेल अथक, हालका उपाध्यक्ष श्री गणेशप्रसाद भट्टराई, महासचिव  प्रकाश कटुवाल, कोषाध्यक्ष श्री माधव आचार्य, सहसचिव श्री हरिप्रसाद भट्टराई, कार्यसमिति सदस्यहरू विष्णु बास्तोला र कुशल ढुंगाना, लगायत क्लवका सदस्यहरुको उपस्थिति रहेको थियो।  क्लवका अध्यक्ष अमृत पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको शुभकामना मन्तव्य क्लवका उपाध्यक्ष गणेश प्रसाद भट्टराईको रहेको थियो  भने सहजीकरण महासचीव प्रकाश कटुवालले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.