सुचना, समाचार र मनोरन्जन

गण्डकीका १० युवालाई ‘आइकन अफ प्रदेश’ अवार्ड

पोखरा/

नेपाल युवा परिषद्ले विभिन्न क्षेत्रमा क्रियाशील भई सामाजिक तथा आर्थिक रुपान्तरण लगायत अन्य विधामा काम गर्ने १० जनालाई ‘आईकन अफ गण्डकी प्रदेश’ वितरण गरेको छ। गण्डकी  प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीलाई नेशनल सोसल चेञ्ज मेकर अवार्ड प्रदान गरिएको छ भने आइकन अफ गण्डकी प्रदेशहरूमा पत्रकारितामा विजय नेपाल, महिला तथा बालबालिका विधामा अमोर सेवा गृह स्याङ्जाकी अध्यक्ष कमला पराजुली, समाजसेवामा प्रिन्सा रेग्मी, युवामा रश्मी गौतम, पर्यटनमा बलराम तिमिल्सिना, शिक्षामा मोनिका थापा, स्वास्थ्यमा सरस्वती पुरी, उद्यमशीलतामा बिमल शर्मा, सूचना तथा प्रविधिमा रबिन पौडेल र कृषि तथा जलवायुमा सन्तोष पौडेल रहेका छन् ।

‘आइकन अफ गण्डकी प्रदेश’का लागि परिषद्ले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी तीन सदस्यीय छनौट समिति बनाएको थियो ।

जसमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रतिनिधिसहित सामाजिक अभियन्ता अपार पौडेल र पत्रकार एवं अनुसन्धानकर्ता गोविन्द मरासिनी रहेका थिए । यो समितिले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी प्रदेशभित्रका १० जना छनौट गरी परिषद् समक्ष पेस गरेको थियो ।

sfal

यसैबीच, नेपालको पर्यटकीय राजधानी पोखरामा शुक्रबार ‘गण्डकी प्रदेश युवा सम्मेलन’ सुरु भएको छ । नेपाल युवा परिषद्को आयोजनामा आजदेखि सुरु भएको सम्मेलनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले युवा विदेशिने ग्लोबल ट्रेन्ड भएको भन्दै युवा विदेशिए पनि देशप्रतिको दायित्व कहिल्यै बिर्सन नहुने बताए । विदेश गएका युवाले देश र राष्ट्रको भविष्यप्रति चिन्ता गर्नुपर्ने र स्वदेशप्रति गाली मात्र गर्न नहुने सुझाव दिए ।

आजबाट सुरु भएको सम्मेलन भोलीसम्म चल्नेछ । कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटा, पोखरा महानगरका प्रमुख धनराज आचार्य, कृषी उद्यमी बोधराज अर्याल लगायतले विभिन्न बिषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् । प्रदेशभरबाट सहभागी करिब २०० जना युवाहरूबीच बृहत छलफलपश्चात पोखरा घोषणापत्रसमेत जारी हुने नेपाल युवा परिषद्का अध्यक्ष सरोज बाँनियाले जानकारी दिए ।

‘उद्यमी युवा समृद्ध देशः दिगो विकास लक्ष्यमा समान परिवेश भन्ने नाराका साथ ५ प्रदेश (वाग्मती, लुम्बिनी, कर्णाली, कोशी र सुदुरपश्चिम)मा प्रदेश युवा सम्मेलन सम्पन्न भइसकेको छ ।

Leave A Reply

Your email address will not be published.