Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सच्चाई केन्द्रको ५१ लाखभन्दा बढी सहयोग
- रेवान पोखराको अध्यक्षमा वसन्त गौतम, नयाँ कार्यसमिति निर्वाचित
- अमेरिकाबाट ‘म त मर्छु कि क्या हो’को नियमित प्रसारण सुरु, पहिलो एपिसोड प्रसारणमा
- डान्सिङ रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’ आजदेखि प्रसारणमा आउने
- ‘पेन्सन पट्टा’मा बलियो माउथ पब्लिसिटी, दर्शकको साथले बढ्दै शो
- पोखरामा ‘पेन्सन पट्टा’को दबदबा, पहिलो दिनमै ७ लाख ४८ हजार ग्रस कलेक्सन
- बाढीले होइन, हाम्रो विकासले डुबाएको बस्ती
- गण्डकीमा गजलको इतिहासदेखि वर्तमानसम्म विमर्श
- एन प्याब्सनको छैटौं अंग्रेजी भाषा ज्ञान प्रतियोगितामा हिलसाइड प्रथम
- बुबाको स्मृतिमा मिना थापा भण्डारीद्वारा दुर्घटना पीडित सन्दिपलाई ८१ हजार बढी सहयोग
गण्डकी प्रदेशसभा बैठक दिउँसो २ः०० बजे बस्दै
गण्डकी,
गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो २ः०० बजे बस्दैछ । गत असार २५ गते स्थगन भएको प्रदेशसभा बैठक आज बस्न लागेको हो ।
आजको बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टबाट प्रदेशसभामा फिर्ता आएको औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक पुनर्विचारका लागि पेस हुने सम्भावित कार्यसूची प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिनुभयो ।
“प्रदेश प्रमुखबाट उक्त विधेयक फिर्ताका सम्बन्धमा पठाउनुभएको सन्देश प्रदेशसभामा प्रस्तुत हुन्छ, शून्य समयमा प्रदेशसभा सदस्यज्यूहरुले समसामयिक विषयमा धारणा राख्ने बैठकको कार्यसूची छ”, उहाँले भन्नुभयो । गत असार २५ गते प्रदेशसभाबाट पारित गाँजाखेतीसम्बन्धी विधेयक प्रदेश प्रमुख भट्टले पुनर्विचारका लागि गत शुक्रबार प्रदेशसभामा फिर्ता पठाउनुभएको थियो ।
Prev Post