सुचना, समाचार र मनोरन्जन

गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री

पोखरा,

गण्डकी प्रदेश सरकारमा बुधबार मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । पुनर्गठनसँगै नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलबाट नयाँ मन्त्रीहरू नियुक्त भएका छन् ।

नेकपा एमालेका तर्फबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बनेका छन् । यस्तै, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री तथा भीम कार्की स्वास्थ्य मन्त्री नियुक्त भएका छन् ।
त्यसैगरी, नेपाली कांग्रेसका तर्फबाट जित शेरचन अर्थमन्त्री बनेका छन् भने नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका छन् । नम्डु गुरुङ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री तथा रेखा गुरुङ वन तथा वातावरण मन्त्री बनेका छन् ।

यसअघि कृषि मन्त्रालय पद्मा जिसी, स्वास्थ्य मन्त्रालय कृष्ण पाठक, भौतिक पूर्वाधार मन्त्रालय प्रकाश केसी र उद्योग तथा पर्यटन मन्त्रालय मित्रलाल बस्यालले सम्हाल्दै आएका थिए । त्यस्तै, अर्थ मन्त्रालय डा। टकराज गुरुङ, सामाजिक विकास मन्त्रालय विन्दुकुमार थापा र वन तथा वातावरण मन्त्रालय भेषबहादुर पौडेल मन्त्री रहेका थिए । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय भने मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नै सम्हाल्दै आएका थिए ।

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम आज पौने १२ बजे पर्यटन बोर्ड कार्यालयमा गर्ने तयारी गरिएको छ । मन्त्रिमण्डल पुनर्गठनसँगै प्रदेश सरकारको कामकारबाहीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.