सुचना, समाचार र मनोरन्जन

उच्च तापक्रमका कारण हुने तनाव अर्थात् हिट स्ट्रेस विश्वव्यापी रुपमा बढ्दै

काठमाडौँ,

जलवायु परिवर्तनको कारणले पछिल्लो आधा शताब्दीमा विश्वभर उच्च तापक्रमका कारण हुने तनाव अर्थात् हिट स्ट्रेसको सामना गर्नुपर्ने मानिसको सङ्ख्या अत्यधिक बढेको छ । अत्यधिक तापक्रम, आर्द्रता र अन्य कारणले शरीरमा तातो जम्मा भएर हुने तनावलाई हिट स्ट्रेस भनिन्छ ।

गर्मी मौसमले मानिसलाई प्रभावित गर्ने सामान्य तरिकामध्ये हिट स्ट्रेस पनि रहेको एक अध्ययनले देखाएको छ । ‘नेचर क्लाइमेट चेन्ज’ जर्नलमा प्रकाशित नयाँ अध्ययनले सन् १९७० को दशकदेखि सन् २०२४ सम्म हिट स्ट्रेस कसरी बढ्यो रु भन्ने अध्ययनमा रेकर्ड गरिएको छ । रातमा विशेष गरी कमजोर व्यक्तिका लागि जब बढेको तापक्रमबाट राहत मिल्दैन र शरीरको तापक्रम घटाउन सक्दैन, त्यो मानिसको स्वास्थ्यका लागि अत्यन्त खतरनाक हुने अध्ययनले देखाएको छ ।

यस अध्ययनका प्रमुख लेखक रेबेका एमर्टनले हरेक महादेशमा ‘हिट स्ट्रेस’को समस्या बढिरहेको भए पनि पछिल्लो समयमा युरोपमा तीव्र गर्मीको लहरबाट पीडित बनिरहेको बताउनुभएको छ । साथै स्पेन, पोर्चुगल, इटाली र फ्रान्स जस्ता केही देशहरूमा अहिले ‘महशुस गरिने’ तापक्रम सन् १९७० को दशकको तुलनामा पाँच डिग्री सेल्सियससम्म बढी रहेको एमर्टनले बताउनुभयो ।

फ्रान्समा सोमबार यो वर्षको दोस्रो अत्यन्त तीव्र गर्मीको लहरका क्रममा दुई बालबालिकाको ज्यान गएको छ । सन् १९७० को दशकको तुलनामा झण्डै एक अर्ब अतिरिक्त मानिसहरूले अहिले अत्यधिक हिट स्ट्रेसको सामना गरिरहेको अध्ययनले देखाएको छ ।

Leave A Reply

Your email address will not be published.