सुचना, समाचार र मनोरन्जन

हलमा जाँदा रुमाल र टिस्यु पेपर अनिवार्य बोक्नु है,आँसु पुछ्न काम लाग्छ

काठमाडौं :

गत वर्ष ‘पूर्ण बहादुरको सारंगी’ र ‘एन्जिला’ले दर्शकको आँखा रसाएका थिए। फिल्म हेर्दा हलमै दर्शकको आँसु झरिरहेको भिडियोहरू सामाजिक सञ्जालमा भाइरल बने। ती दृश्यहरूले फिल्मप्रतिको चासो दर्शकमाझ झनै बढाइदिए।

त्यसपछि फिल्म निर्माण गर्दा निर्माण पक्षलेदर्शकलाई रुवाउने फिल्मको लहर चलाए। अब त नेपाली फिल्म हेर्दा मन नछुने त कुरै भएन । कस्तोसम्म हुन थाल्यो भने दर्शकलाई हलमा जाँदा टिस्यु लिएर नगई नहुने भयो। किनभने यो वर्ष पनि नेपाली फिल्मले दर्शकको भावनामा ठ्याक्कै हानिरहेको छ। तीन साताअघिबाट हलमा लागेको फिल्म ‘सिटामोल’ हेरेर हलबाट रुने दर्शकको लर्को देखियो।त्यहि दिनबाट हलमा चलेको ‘मोहर’ले त सिंगो हल आँसुका खोलोमा बगाइदियो। किनभने अहिले सामाजिक सञ्जालमा दर्शक रोएका भिडियोहरु जताततै देख्न सकिन्छ। कतिपय हलको कुनाबाट ‘केटा हो, रुनु त पर्दोरहेछ?’ भन्नेसम्मको आवाज सुनियो।

Chaka Panja

एक समय ‘नाइ नभन्नु ल’ सिरिजमा विकासराज आचार्यले दर्शकलाई रुवाउने इमोशनल ब्राण्ड सेट गरेका थिए। अहिले ठ्याक्कै त्यहि लहरले समातेको छ। त्यही क्रमलाई निरन्तरता दिँदै,‘जनै हराएको मान्छे’ फिल्मको प्रिमियरमै कलाकारदेखि दर्शकसम्म रोए। उनीहरु भकानिए। केकी अधिकारी,गायिका अन्जु पन्त रोएको भिडियो र फोटोहरु सामाजिक सञ्जालमा मात्र होइन,समाचारमा नै आए। अब ट्रेलर मात्रै हेरेर आँखा रसाउने लिस्टमा ‘कोशेढुंगा’ र ‘गुन्यु चोलो’ पनि थपिइसके।

‘पूर्ण बहादुरको सारंगी’ले दर्शक रुवाएर ऐतिहासिक रेकर्ड बनाएको देखेर, अब फिल्म बनाउनेहरू भन्छन् –‘जति रुवाउँछौ, उति हिट हुन्छश्र’ तर सबै फिल्मले त्यो लेभल भेटेका छैनन्। कसैले कथा र भावनाले रुवाएका छन् भने, कतिपयले ‘जबरजस्ती आँसु झार्न’ खोजेको पनि दर्शकले ठम्याइसकेका छन्। जसरी पनि होस्, हाल नेपाली सिनेमा हलहरूमा दर्शकको रुवाईबाट खसेका आँसुले भिजाइरहेका छन्। सामाजिक सञ्जाल हेर्दा अब त यस्तो लाग्छ कि फिल्म हेर्नुभन्दा पहिला टिस्यु पेपर किन्नुपर्ने अवस्था छ।

त्यस कारण ‘रुवाउने फिल्मको लहर : हलमा टिस्यु बिना जानु जोखिम छ है,नपत्याए  मोहर,र अहिले चलिरहेको ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’हेरे हुन्छ नि।

##गपिस##

Leave A Reply

Your email address will not be published.