सुचना, समाचार र मनोरन्जन

‘गौँथली’को कमाइ २० करोड पार: ‘१२ गाउँ’को रेकर्ड तोड्दै

काठमाडौं :

गत साउन १ गतेबाट हलमा लागेको फिल्म ‘गौँथली’को कमाई निकै माथी पुगेको छ। फिल्मले सोमबार बक्स अफिस रिपोर्ट अनुसार आइतबार रातिसम्मको १९ करोड ७१ लाखभन्दा माथी ग्रस कलेक्सन छ। सोमबार भने यो फिल्मको ग्रस कलेक्सन २० करोड रुपैयाँभन्दा माथी पुगिसकेको छ।

सोही अवधिसम्म यो फिल्मलाई ७ लाख २९ हजार जना दर्शकले हेरेका छन्। यसअघि विराज भट्टको निर्देशन तथा समीर भट्ट स्टारर फिल्म ‘१२ गाउँ’को कमाइ १९ करोड ९२ लाख रुपैयाँ ग्रस कलेक्सलाई उछिनेको छ। छोटो समयमा नै यो फिल्मले सर्वाधिक कमाई गरेको हो।

डाक्टर भोला रिजालको कथा तथा उनका छोरा कपिल रिजालको निर्देशन तथा निर्माणमा यो बनेको फिल्म हो। यस फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्को मुख्य भुमिका रहेको छ।

Leave A Reply

Your email address will not be published.