सुचना, समाचार र मनोरन्जन

‘झिंगे दाउ २’ टिजरलाई १० लाख भ्यूज, संजालमा भाइरल हुँदैछ दृश्य

काठमाडौं :

४ दिन अगाडि सार्वजनिक भएको फिल्म ‘झिंगे दाउ २’को टिजर सामाजिक संजालमा आक्रामक रुपमा फैलिएको छ। यो टिजरलाई युट्युबमा मात्र १० लाख भ्यूज मिलेको छ । दर्शकहरुको उत्साहजनक प्रतिक्रिया सहित फिल्मको टिजरलाई लोभलाग्दो भ्यूज मिलेको हो।

यता, सामाजिक संजाल फेसबुक र टिकटकमा मात्र यसको टिजरलाई १ करोड भन्दा बढी पटक हेरिएको छ।टिजरमा समावेश नायिकाद्धय केकी अधिकारी र आँचल शर्माको झगडाको दृश्य भुसको आगो झै सामाजिक संजालमा फैलिएको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको यो फिल्मको टिजरमा जेठानी–देउरानीको झगडा, दाजुभाइको कलह र आमाको छटपटीलाई प्रस्तुत गरिएको छ। असोजको २ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मले बक्स अफिसमा सुखद व्यापार गर्ने प्रक्षेपण फिल्म वृत्तमा हुन थालेको छ।

कपनगढी सिनेमा प्रा.लि र फिल्म क्रिउ नेपाल प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्मलाई एप्पल इन्टरटेन्मेन्टले नेपालभर वितरण गर्नेछ। सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी रहेको यो फिल्ममा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माताको रुपमा छन्।

विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन छ । ईश्वर घिमिरेको प्रोडक्सन म्यानेजमेन्ट रहेको फिल्ममा अर्जुन घिमिरेको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन रहेको फिल्ममा परिच्छेद सेनको पटकथा र संवाद छ।

गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन रहेको यो फिल्मले बक्स अफिसमा लोभलाग्दो कमाई गर्ने अपेक्षा गरिएको छ।यसपटक पारिवारिक कलह, आमाको महत्वलाई फिल्मको पर्दामा निर्देशक देउजाले उठाएका छन् । फिल्मको टिजरमा समावेश आँचल र केकीको रुखमा भएको झगडा सार्वधिक लोकप्रिय बनेको छ।

Leave A Reply

Your email address will not be published.