पोखरा/
पोखरा महानगरपालिका वडा नम्बर ३२ गगनगौंडा स्थित श्री गोगन माध्यामिक विद्यालयमा अध्यन गरेका पूर्व विद्यार्थीहरुले भू.पू. विद्यार्थी मञ्च गठन गरेका छन।
शनिबार विद्यालय प्रांगणमा भेला भएका पूर्व विद्यार्थीहरुको समूहले भू.पू. विद्यार्थी मञ्चको तदर्थ समिति गठन गरेको हो ।
विद्यालय र पूर्वविद्यार्थीहरूबीचको सम्बन्धलाई अझ गाढा बनाउँदै विद्यालयको सबै खाले प्रगतिमा हातेमालो गर्न मञ्चको गठन गरिएको संयोजक किसान परियारले बताए।
तदर्थ समितिको सहसंयोजकमा रेशम रानाभाट, सविचमा विनोद भण्डारी, सह सचिवमा भावना पौडेल, कोषाध्यक्षमा एलिसा केसी र सदस्यमा दीपक पौडेल, विश्वर्ण बस्नेत, अजय घिमिरे र कृतिराज खनाल रहेका छन।
समिति प्रथमतः मञ्चको विधान तयार गर्ने र समितिको प्रथम अधिवेशन गर्ने तयारीमा आजैका दिनदेखि लाग्ने समितिका सदस्य दीपक पौडेलले बताए।
विद्यालय ब्यवस्थापन समिति र पुर्व मञ्च संयोजकहरुको सक्रियतामा आयोजना गरिएको पूर्व विद्यार्थीहरुको पुनर्मिलन कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्की, विद्यालयका शिक्षकहरु र अभिभावकहरुको समेत उपस्थिति रहेको थियो।
विक्रम सम्बत २०२५ सालमा स्थापना भएको विद्यालयमा हाल एक हजार सात सय ५० विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन।