सुचना, समाचार र मनोरन्जन

वेब सिरिज ‘घर बट् इन अमेरिका’को ट्रेलर सार्वजनिक कार्यक्रममा बिमलेश आए,आइनन् अरुणिमा

काठमाडौं :

अमेरिकाबाट आफुले निर्माण गरेको र अभिनय गरेको वेब सिरिज ‘घर बट् इन अमेरिका’को ट्रेलर कार्यक्रममा बिमलेश अधिकारी उपस्थित भए। यसै कार्यक्रमका लागि भनेर अमेरिकाबाट नेपाल आएकी यसै सिरिजकी अभिनेत्री अरुणिमा लम्साल भने उपस्थित भइनन्।

बुधवार काठमाडौंमा आयोजित एक समारोहमा आउने चर्चा थियो। तर उनी अघिल्लै दिन पारिवारिक समस्या भएका कारण अमेरिका उडेको कार्यक्रममा जानकारी गराइयो। त्यस कारण यो सिरिजका अभिनेता मात्रै उपस्थित भए। नेपाली ओटीटी प्लेटफर्म ुएमएसएम भिडियोुमा सार्वजनिक हुने सिरिजको ट्रेलरले अमेरिकामा बसोबास गर्ने नेपाली परिवारको कथा भन्छ।

सेभेन कलर्स डिजिटलको ब्यानरमा निर्माण गरिएको यो सिरिज नयाँ वर्ष २०८२ को अवसर पारेर यही वैशाख दोस्रो हप्ता एकै पटक १२ वटै एपिसोड स्ट्रिमिङमा आउने बताइएको छ । सम्पूर्ण छायाङ्कन अमेरिकामै गरिएको सिचुएशनल कमेडी–ड्रामा विधामा आधारित यस सिरिजले अमेरिका पुगेका नेपाली अभिभावक र लिभ–इन रिलेसनशिपमा रहेकी छोरीबीचको सम्बन्ध र त्यहाँको जीवनशैलीलाई टिजरमा प्रस्तुत गरेको देखिन्छ।

ट्रेलर सार्वजनिक समारोहमा सिरिजका निर्देशक तथा प्रमुख कलाकार बिमलेश अधिकारीले सिरिज निर्माणको उद्देश्यबारे जानकारी दिएका छन्। उनले उपस्थित पत्रकारहरुलाई अमेरिकामा बसोबास गर्ने नेपालीहरुको जीवनशैलीलाई प्रस्तुत गरेको बताउ।

उनले भने,‘नेपालीहरू अमेरिकामा बस्दै गर्दा हाम्रो जीवनमा के कस्ता घटना घट्छन्, कस्तो जीवनशैली हुन्छ भन्ने कुरा पर्दामा देखाउनु आजको आवश्यकता हो भन्ने महसुस गरेर यो सिरिज बनाइएको हो।’
उनका अनुसार, सिरिजले दर्शकलाई मनोरञ्जनका साथै आत्म–पहिचान र प्रवासी जीवनका यथार्थतासँग पनि जोड्नेछ ।
नेपाली दर्शकहरूका लागि पहिलो व्यावसायिक रूपमा ओटीटी प्लेटफर्ममार्फत रिलिज हुन लागेको समेत कार्यक्रममा जानकारी गराइयो।

सिरिजमा अधिकारीसँगै अभिनेत्री अरुणिमा लम्साल पनि अभिनयमा फर्किएकी छन्। उनी झन्डै १० वर्षपछि अभिनयमा पुनरागमन गरेकी हुन्। यसका अन्य प्रमुख कलाकारमा राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापा रहेका छन् ।

रोशन घिमिरे निर्माता रहेको सिरिजमा सुमित्रा अधिकारी र कुमारी घिमिरे सह–निर्माताका रूपमा जोडिएका छन्। कथा, पटकथा र संवाद लेखन विवेक चम्लागाईंले गरेका हुन् । सम्पादन मित्र डि गुरुङ, रङ्ग संयोजन कपिल पराजुली, छायाङ्कन निर्देशक विक्रान्त मान श्रेष्ठ, साउन्ड डिजाइन अमित श्रेष्ठ, ब्याक ग्राउन्ड स्कोर विषम आचार्य, मेकअप आर्टिस्ट अप्सरा कटुवाल र सपना डङ्गोल, पोस्टर डिजाइन शान थापा र पोस्ट प्रोडक्सन नेपलिज हेन्डस्ले गरेका छन्।

सहायक सम्पादनमा सुदिप पाण्डे र मिलन शाह, सहायक छायाङ्कनमा विशाल मान श्रेष्ठ र पशुपति बस्याल रहेका छन्।

Leave A Reply

Your email address will not be published.