काठमाडौं :
फिल्म ‘घर ज्वाई’को दुई डिजाइनका क्यारेक्टर लुक्स आइतबार सार्वजनिक गरिएको छ । अनिल बुढा मगर निर्देशीत फिल्मको एउटा लुक्समा बन्दुक बोकेका अभिनेता दयाहाङ राई रिसाहा अवतारमा प्रस्तुत भएका छ्न भने अर्कोमा उनी अभिनेत्री मिरुना मगरका साथ डोकोहरु बोकेर हिडिरहेको देखिन्छ । उनीहरुको लुक्स हेर्दा गाउले परिवेशको कथा लाग्छ ।
फिल्मको अधिकांश सुटिङ पूर्वी रुकुमका विभिन्न रमणीय स्थानहरुमा एक महिनामा गरिएको थियो। फिल्मलाई जनक घर्ती मगरले लगानी गरेका हुन भने अनिल बुढाको कथा अनि पटकथा,संवाद रहेको छ। जसमा लेखनका लागि उनलाई बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएको छन्। फिल्मको छायांकन सुसन प्रजापतिले खिचेका हुन ।
असार २८ गते प्रदर्शन हुने फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ,पुष्कर गुरुङ,शिशिर बाङ्देल,भोलाराज सापकोटा,खड्कबहादुर पुन (खबपु),राज थापा,कविता आले,शिला आले,अनु थापा,बिना थापा मगर,सोनाम लामा,बिबेश बुढा मगर,सुनिल मगरले अभिनय गरेका छ्न ।
जिएम मुभिजको ब्यानरमा निर्मित फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द,संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । कृष्ण भन्डारीले सम्पादन गर्ने फिल्मको डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल हो । एमएसएनले अन्तरास्ट्रिय प्रदर्शन अधिकार लिइसकेको फिल्मलाई आर आर फिल्मले बितरण गर्ने छ ।