सुचना, समाचार र मनोरन्जन

फिल्म‘ज्वाइँ साब’को धमाधम वर्कसप : जितु नेपालदेखि हिमेश पन्तसम्मले सिक्दैछन् अभिनय

काठमाडौं :

रेड आई फिल्मस्को प्रस्तुतिमा ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्य रहेको फिल्म ‘ज्वाइँ साब’को वर्कशप धमाधम चलिरहेको छ । केही दिनदेखि काठमाडौंमा फिल्मको धमाधम वर्कशप भइरहेको निर्देशक बसन्त निरौलाले जानकारी दिए। राज कुमार पण्डितको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मको छायांकन वैशाखको अन्तिम साताबाट सुरु हुनेछ। काठमाडौं बाहिरका विभिन्न लोकेशनमा यो फिल्म खिचिने निर्माताले बताएका छन् ।

फिल्मको वर्कशपमा मुख्य कलाकार जितु नेपाल, नीति शाह, विल्सन विक्रम राई, हिमेश पन्त लगायत छन्। मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता विजय बस्याल हुन्।

सविन अधिकारीको कथा रहेको फिल्ममा शंकर धितालको पटकथा तथा संवाद छ। फिल्मको शिर्ष भूमिकामा जितु नेपाल देखिदैछन्। नायिका नीति शाह पनि यो फिल्मलाई लिएर उत्साहित छिन्। यो फिल्मको प्रदर्शन मिति तिहारमा पक्का गरिएको छ।

Leave A Reply

Your email address will not be published.