सुचना, समाचार र मनोरन्जन

फिल्म ‘खजुरे ब्रो’ले दर्शकलाई मनोरञ्जन दिन्छ,यतिमा म विश्वस्त छु : निर्देशक सुरज सुनुवार

काठमाडौं :

निर्देशक सुरज सुनुवार आफ्नो दोस्रो निर्देशकिय फिल्म ‘खजुे ब्रो’ प्रदर्शनको तयारीमा छन्। उनले पहिलो फिल्म ‘षडङ्ग’पछि दोस्रो फिल्म निर्माणमा झण्डै एक दशक लगाए। उनले राम्रो कथा नभेटेरै यति समय लागेको बताए। उनी कथाकै खोजीमा रहेका बेला धरानकै एक प्रख्यात व्यक्तित्व ‘खजुरे’नाममा फिल्म निर्माण गर्ने निधो गरे।

अद्यपी यो फिल्म खजुरेको वायोपिक भने होइन। उनले यहि फिल्ममा अभिनेत्री नीति शाहलाई डेब्यु गराएर फिल्मको निर्माण गरेका छन्। नीतिको साथमा रेअर राई, महेश त्रिपाठी तथा नविन मानन्धरको प्रमुख भूमिका छ। फिल्मका बारेमा उनै निर्देशक सुरजसँग गरिएको फिल्मी संवाद ।

तपाई धरानमा प्रख्यात तर एउटा सामान्य मान्छेमाथि किन फिल्म निर्माणको गर्नुभयो?

कमेडीको एउटा बलियो पक्ष भनेको त्यसको पात्र हो र त्यो पात्र रोचक हुनुपर्छ किनकी त्यस्तो पात्रले नै कमेडीलाई सफल बनाउँछ भन्ने साथीभाईको छलफलपछि मैले खजुरे दाईलाई रोजेको हो। धरानको साथीहरुसँग तथा धरान जाँदा पनि धेरै कुराहरु सुन्थे। उहाँसँगै उहाँको सुनिल हाइजिन भन्ने दौंत्तरी हुनुहुन्थ्यो जो राम्रो गिटार बजाउनुका साथै प्यारोडी गीतहरु बनाउने गर्नुहुन्थ्यो। उहाँहरुको जुन जीवनशैली र जोक्सहरु थियो, ती धरान र आसपासमा चर्चित छन्। ती सुन्दा मलाई पात्र रोचक लाग्यो।

काल्पनिक भन्दा बास्तविकतातर्फको कथा निर्माणमा कतिको असजिलो हुने रहेछ?

कमेडी जनरामा काल्पनिक पात्र लेख्नुभन्दा सुनेको, देखेको पात्रलाई नै फिक्सनमा ढाल्न अझ सजिलो भयो । किन ’खजुरे’ जस्तो रोचक पात्रमाथि फिल्म नगर्ने त भन्ने भएपछि यसलाई छनौट गरेको हुँ।

फिल्ममा खजुरे पात्र मात्र उठाउनुभएको छ,उनको भोगाइ पनि छ?

उसको जीवनी देखाउन खोजेको छैन। किनभने वायोपिक बनाउन पनि त्यो मान्छेको उतारचढावहरु रोचक लाग्नुपर्छ। जुन हेर्दा कथा चलाउँदा मानिसहरुलाई आहो भन्ने हुन्छ र राम्रो लाग्ने गर्छ। त्यस कारण मैले खजुरे दाई रोचक पात्र हुन्। तर उसको जीवनमा सिनेमामा चाहिनेजस्तो रोचक कुराहरु छैन। त्यही भएर उहाँको रोचक पाटोहरु फिल्ममा राख्ने प्रयास गरेको छु।

फिल्ममा दर्शकले खजुरेका के–के रोचक कुरा छन्,भन्न मिल्ला नि?

मैले हरेक अन्तरवार्तामा यस फिल्मको मुख्य कथा र पात्रलाई रोचक कुराहरु भने गरेको छु। ताकी दर्शकलाई रमाइलो र मनोरञ्जन दिन्छ। यतिमा म विश्वस्त छु।

जुन पात्रलाई लिएर तपाईले फिल्म निर्माण गर्नुभएको छ,उहाँसँग तपाईंको कुनै दिन भेट भएको छ?

छैन कहिले पनि भएन। उसको साथी सुनिल हाइजिनसँग भएको छ।

अनि फिल्मको कथा कसरी तयार पार्नुभयो त?

फिल्म गर्नुअघि उसको बारेमा अनुसन्धान गर्न धरान गएको बेलामा एक–दुई महिना त्यहाँ बस्दा सुनिल हाइजिनसँग भेटेर कुराकानी गरेको थिएं। तर उहाँसँगको भेट भएको एक सातापछि बितेको जस्तो खबर सुने। यकिन भइनँ। तर उहाँले मलाई सबै कथा सुनाउँनुभएको थियो। सोही अनुसार मैले तयार पारेको हो।

अब तपाईसँग अघिल्लो फिल्मको बारेमा कुरा गर्न चाहान्छु, पहिलो फिल्म ’षडङ्ग’पछि दोश्रो फिल्म निर्देशन गर्न किन लामो समय लगानुभयो?

मेरो पहिलो फिल्मले सोचे अनुसारको प्रतिक्रिया पाउन सकेन। पहिलो फिल्मबाट नै गतिलो प्रतिक्रिया पाउन नसकेपछि मैले दर्शकहरुले मेरो कथा वाचनमा उहाँले खोजेजस्तो शैली दिन सकिन कि भन्ने लाग्यो। मसँग रोचक कथा पनि थिएन। हावाको तालमा यस्तोमा फिल्म बनाउँछु भनेर जबरदस्ती गर्ने कुरामा म थिइनँ। मैले भने जस्तो कथा पाउन लामो समय लागेको हुनाले यतिका वर्ष लागेको हो।

खजुरे ब्रो तपाईका लागि राम्रो कथा हो?

हो । राम्रो कथा भेटेपछि मात्रै मैले फिल्म बनाउन तस्मिएको हो र बनाए पनि। त्यही भएर पनि बीचमा केही अड्किए भनूँम् न।

पहिलो फिल्म असफल भएपछि दोस्रो फिल्म ‘खजुरे ब्रो’ कस्तो बनाए जस्तो लागेको छ?

यो एकदम कमेडी फिल्म हो। कमेडी भनेर कमेडीमात्र पनि छैन, अरु रसहरु पनि छ। समग्रमा भन्नुपर्दा यो फिल्म मनोरञ्जन हेतु बनाएको हुँ। गम्भिर कथावाचन छैन, रमाइलो लाग्ने सिनेमा बनेको छ।

धेरैले अनलक्की भनिएकी अभिनेत्री नीति शाहलाई फिल्ममा लिनुको कुनै कारण छ कि?

त्यो मान्छेहरुको सोच हो, आआफ्नै विश्वासहरु हुन्छन् । सबैको सोच एकैखाले हुँदैन पनि। मचाँहि यस्तो सोच राख्ने व्यक्तिमा पर्दिन। बरु नीतिमा आउने बेलामा बरु मलाई नीतिले मेरो चरित्र केन्द्रित भूमिकाचाँहि मननपराउला कि भन्ने थियो । किनकी नीतिजस्तो एउटा सौन्दर्य प्रतियोगिताबाट आएको मान्छेले रोमान्टिक फिल्मा खोज्ला भन्ने डर म भित्र थियो। तर अहिले छैन। उनी अब्बल छिन्।

नीतिलाई अनुबन्ध गरेरका थुप्रै फिल्म बनेनन्,तपाईंलाई मेरो फिल्म कतै अड्केला कि जस्तो लागेन?

उनको कारण भन्दा पनि अन्य थुप्रै संयोगहरुका कारण फिल्म नबन्ने स्थिति बन्छ। नीति तिनै संयोगहरुका कारण पीडित भएको हुनसक्छ। हामीले उनकै कारणले सिनेमा रोकिन्छ भनेर कहिल्यै सोचेनौं।

रियर राईका लागि यो सिनेमाले के परिणामहरु लेराउँला?

रियर राईले जुन ‘खजुरे ब्रो’को चरित्र निर्माण गरेको छ । त्यसैले ऊ नितान्त राम्रो अभिनेता हो भनेर यस फिल्मबाट प्रष्ट पार्ने छ। मलाई विश्वास छ कि नेपाली फिल्ममा स्थापित हुने सम्भावनाहरु छ। ‘खजुरे ब्रो’ व्यवसायिकरुपले सफल होस–नहोस् त्यो आफ्नो ठाँऊमा छ।

Leave A Reply

Your email address will not be published.