सुचना, समाचार र मनोरन्जन

गीता खत्रीको शब्दमा रचना रिमालले गाइन् ‘मायाको डोरीले मलाई’

काठमाडौं :

गीतकार गीता खत्रीको शब्द रचना रहेको गीत ‘मायाको डोरीले मलाई’ सार्वजनिक भएको छ। गीतकार खत्रीको गीत ‘मायाको डोरीले मलाई’मा  शम्भूजित बास्कोटाको संगीत रहेको छ भने लोकप्रिय गायिका रचना रिमालले स्वर दिएकी छन्।

गीतको संगीत संयोजन भने दिक्षित पौडेलको रहेको छ । गीतसंगीत र साहित्य क्षेत्रमा तीन दशकभन्दा लामो समय सक्रिय रहेकी गीतकार गीता खत्रीका स्वीकृति, त्रिवेणी,यात्री लगायतका एल्बमहरु प्रकाशित छन् भने दर्जनौं गीतहरु रेकर्डिङ भइसकेका छन्। उनले कथा, कविता, नियात्रा, उपन्यास र गीत विधामा कलम चलाउँदै आएकी छन्। रामगीता वाङ्मय मन्दिरको अध्यक्ष एवम् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी पूर्वअध्यक्षसमेत रहेकी खत्रीले विभिन्न सामाजिक संघसंस्थाहरुमा रहेर काम गरिसकेकी छन्।

‘मायाको डोरीले मलाई’ गीतको भिडियोमा दिक्पाल कार्की र सुरक्षा इट्नीको अभिनय रहेको छ । भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् भने उत्सव दाहालले छायाँकन गरेका छन् । मीन रावलको सम्पादन रहेको भिडियोलाई भकारी म्युजिक डेभलपमेन्ट कम्पनीको अफिसियल यूट्युब च्यानल बेस्ट टोन म्यूजिकबाट सार्वजनिक गरिएको हो।

Leave A Reply

Your email address will not be published.