काठमाडौं :
साहित्यकार तथा गीतकार गीता खत्रीको नयाँ गीत ‘भरोसा छैन जीवनको’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। उनले रचना गरिएका गीतहरुको एल्बम ‘यात्री’ मा समावेश गीतको भिडियो सार्वजनिक भएको हो।
यो गीतमा गीतकार गीता खत्रीकै स्वर सुन्न सकिन्छ भने गीतलाई हरि लम्सालले संगीत भरेका छन्। गीतको भिडियोमा गीतकार तथा गायिका खत्रीले नै अभिनय गरेकी छन्। पारिवारिक वातावरणमा तयार पारिएको गीतको भिडियोमा उनलाई कमलबहादुर खड्का, मखमली खड्का, जेसिका सिजापती, बेदमणी अधिकारीले अभिनयमा साथ दिएका छन्।
यो गीत अकोष्टिक स्टुडियोमा रेकर्ड गरिएको हो भने गीतलाई चन्द्र चौधरीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्। जयन्द्र कुँवरद्वारा छायांकन गरिएको भिडियोको सम्पादन रणधिर श्रेष्ठले गरेका छन्। यो भिडियोलाई प्रतीक प्रशन्नले निर्देशन गरेका छन्। भिडियो भकारी एमडीसीको युट्यूब च्यानल बेष्ट टोन म्युजिकमार्फत सार्वजनिक गरिएको छ।