
Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय
- तीन देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस
- जलवायु न्याय र पर्वतीय राष्ट्रका मुद्दा कोप–३१ मा सशक्त रूपमा उठाउँछौँः मन्त्री चौधरी
- एनपीएलः कर्णालीलाई हराएर सुदूरपश्चिम दोस्रो स्थानमा
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ३९ करोड रुपैयाँ जम्मा
- हुम्लामा सुत्केरीको हेलिकप्टरबाट उद्धार
- प्रहरीमा कार्यकारी हस्तक्षेप: सुशासनको दाबीमा स्वेच्छाचारिताको प्रहार
- आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले पेस गरेको रिट निवेदन दर्ता
- विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री
- पोखराबाट सुरु भयो सातै प्रदेश जोड्ने स्टार्टअप अभियान, युवालाई स्वदेशमै उद्यम गर्न प्रेरित
‘ग्लोबल डान्स लिग’मा नेपालको ऐतिहासिक सफलता: १६ राष्ट्रलाई पछि पार्दै ३ स्वर्णसहित ४ पदक
काठमाडौं :
थाइल्यान्डमा आयोजना भएको अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिता ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’ मा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक सफलता हात पारेको छ। फिलिपिन्स, दक्षिण अफ्रिका, भारत, म्यानमार, श्रीलंका र आयोजक थाइल्यान्डजस्ता १६ देशका प्रतिस्पर्धीलाई पछि पार्दै नेपाली टोलीले ३ स्वर्ण र १ रजत पदक जितेको हो।
त्यहाँबाट कुरा गर्दै ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजले प्रतियोगितामा ‘एनडिए जुनियर’ले जुनियर मेघा क्रु र टिन्स विधामा प्रथम स्थान हासिल गर्दै दुईवटा स्वर्ण पदक चुमेको बताए। साथै, जुनियर क्रु विधामा दोस्रो हुँदै सोही समूहले नेपाललाई रजत पदक पनि दिलायो। त्यस्तै, ‘टिम एनटी’ले लोक विधामा दमदार प्रस्तुति दिँदै अर्को स्वर्ण पदक आफ्नो पोल्टामा पार्न सफल भयो। खुला विधातर्फ भने नेपाल चौथो स्थानमा रहेको गहतराजले जनाए।

अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतियोगीहरूको मनमोहक प्रदर्शनले निर्णायक, कन्ट्री डाइरेक्टरदेखि उपस्थित दर्शक सबैको मन जितेको थियो। हलभित्र नेपालको राष्ट्रिय गान गुञ्जिँदा र राष्ट्रिय झन्डा फहराउँदा उपस्थित नेपाली प्रतिनिधिमण्डलको छाती गर्वले ढक्क फुलेको सो प्रतियोगिता हेर्न पुगेकी नेपाली नायिका परीक्षा लिम्बुले बताइन्। उनका अनुसार विश्वभरबाट आएका कला पारखीहरूले नेपाली डान्सरहरूको खुलेर तारिफ गरेका थिए।
हालै नेपालमा सम्पन्न ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ बाट छनोट भएर नेपाली टोली थाइल्यान्ड पुगेको हो। ग्लोबल डान्स लिग नेपालका राष्ट्रिय निर्देशक रोशन गहतराजको नेतृत्वमा गएको जम्बो टोलीमा टिम डिभिजन विजेता ‘टिम एनटी’, रनरअप ‘दि इननेट सउल’ र जुनियर टिम डिभिजन ‘एनडिए जुनियर’ सहभागी थिए। गत बुधबार साँझबाट सुरु भएको यस लिगमा विश्वभरका सयौँ उत्कृष्ट डान्सर, प्रशिक्षक तथा कोरियोग्राफरहरूको जमघट रहेको थियो।
यसपटकको लिग नेपाली नृत्य क्षेत्रका लागि अर्को कारणले पनि विशेष बन्यो। नेपालका चर्चित डान्स डिरेक्टर तथा कोरियोग्राफर जेडी तमू प्रतियोगितामा निर्णायकको भूमिकामा थिए। विश्वस्तरको यति ठूलो मञ्चमा नेपाली निर्णायक पुग्नु आफैँमा एउटा महत्वपूर्ण उपलब्धि हो। जेडीसँगै प्रख्यात अमेरिकी पप स्टार जस्टिन बिबरको चर्चित गीत ‘सरी’की कोरियोग्राफर तथा न्युजिल्यान्डकी डान्सर काया पियर्सले पनि प्रतिस्पर्धीहरूको मूल्यांकन गरेकी थिइन्। विभिन्न देशका प्रतिष्ठित निर्णायकहरूसँगै नेपाली निर्णायकको उपस्थिति र डान्सरहरूको जितले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सान बढाएको छ।