सुचना, समाचार र मनोरन्जन

सम्बन्ध विच्छेदको हल्लाबीच गोविन्दा र पत्नी सुनीता गणेश चतुर्थीमा सँगै देखिए

मुम्बई :

बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहुजा सम्बन्ध विच्छेदको हल्लाबीच गणेश चतुर्थीको अवसरमा सार्वजनिक रूपमासँगै देखिएका छन्। सामाजिक सञ्जाल र मिडियामा चलिरहेका गसिपहरूलाई नकार्दै दुवैले एकअर्कासँगको सम्बन्ध यथावत रहेको संकेत दिएका छन्।

गणेश चतुर्थीका अवसरमा मिडियासँग कुराकानी गर्दै सुनीताले भनिन्,“यदि केही भएको भए हामी आज यति नजिकै हुने थिएनौँ। मेरो गोविन्दा केवल मेरो हो, कसैको होइन। जबसम्म हामी आफैँले केही नभनेसम्म कृपया यस्ता कुरा नगर्नुहोस्।”

त्यसैगरी गोविन्दाले आमा–बुबाको आशीर्वादलाई प्राथमिकता दिँदै भने,“जति पनि पाएको छु,आमा–बुबाको आशीर्वादले पाएको छु। जीवनमा नम्बर १ बन्न चाहिन्छ भने सधैँ आमा–बुबाको सेवा गर्नुपर्छ।”

गत अगस्ट २२ देखि गोविन्दा र सुनीताबीच सम्बन्ध विच्छेदको चर्चा मिडियामा चर्किएको थियो। केही भारतीय मिडिया रिपोर्टअनुसार, सुनीताले डिसेम्बर २०२४ मा मुम्बईको बान्द्रा फ्यामिली कोर्टमा सम्बन्ध विच्छेदको मुद्दा दायर गरेको दाबी गरिएको थियो। तर गोविन्दाका म्यानेजर, कानुनी प्रतिनिधि र छोरी टिनाले यी खबरहरूलाई असत्य भन्दै खारेज गरेका छन्।

Leave A Reply

Your email address will not be published.