काठमाडौं :
दोस्रो सातामा प्रवेश गरिसक्दासमेत नेपाली चलचित्र ‘माग्ने राजा’ले दर्शकमाझ उच्च क्रेज कायम राखेको छ। हलहरूमा दर्शकको अकुपेन्सी उल्लेखनीय रूपमा उच्च छ।
फिल्मले राम्रो व्यापार गरिरहेकाले मुख्य कलाकार केदार प्रसाद घिमिरे ‘माग्ने बुढा’ देशका विभिन्न सिनेमा हलहरूमा पुगेर दर्शकहरूसँग भेटघाट गरिरहेका छन्। शनिबार उनले बनेपाका केही हलमा दर्शकहरूसँग प्रत्यक्ष भेट गरेका थिए। हलहरूमा उनीसँग फोटो खिचाउने दर्शकको भीड देखिएको थियो।
ऋषि लामिछाने निर्देशित चलचित्रमा वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्देललगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा मुनाल घिमिरेको लगानी रहेको छ।
फिल्मले दोस्रो सातामा समेत सकारात्मक प्रतिक्रिया पाउँदै मुनाफातर्फ अग्रसर रहेको वितरक तथा निर्माण टिमले जनाएको छ।