सुचना, समाचार र मनोरन्जन

पोउवा संघका अध्यक्ष कार्की महासंघको केन्द्रीय सदस्यमा मनोनित

पोखरा,

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की उद्योगी÷व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य संघको केन्द्रीय सदस्यम मनोनित हुनुभएको छ ।

महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको विधान (२०४९,सातौं संशोधन) को अधिकार प्रयोग गर्दै कार्कीलाई केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको हो।

महासंघको विधानमा भएको छैटौं संशोधनले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेको थियो । त्यही व्यवस्था बमोजिम पोखराको व्यावसायिक प्रतिष्ठान लक्ष्मी समूहका निर्देशक अञ्जन महासंघको ६० औं वार्षिक साधारण सभापछि अध्यक्षको जिम्मेवारीमा पुग्नु भएको हो । अन्य पदमा भने निर्वाचन भएको थियो । पछिल्लो संशोधित विधानले अब अध्यक्ष पनि प्रत्यक्ष चुन्ने व्यवस्था गरेको हो ।

अध्यक्ष श्रेष्ष्ठले पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष कार्कीसहित शिव घिमिरे,मनिषलाल प्रधान,नविन रिजाल,दर्शना श्रेष्ठ र सहारा जोशीलाई पनि केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ ।

केन्द्रीय सदस्यमा मनोनित भएसँगै कार्कीले निजी क्षेत्रका समस्या समाधान,नीतिगत पैरवी र व्यावसायिक वातावरण निर्माणका निम्ति अझ बढी क्रियाशिल रहने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.