काठमाडौँ,
जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगरपालिका क्षेत्रमा कर्फ्यु खुकुलो बनाएको छ । आइतबार जिप्रकाले एक सूचना जारी गर्दै गोलबजार क्षेत्रमा बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म कर्फ्यु खुकुलो पारिएको जानकारी दिएको हो ।
जारी सूचनाअनुसार स्थानीय परिस्थितिको थप विश्लेषण गरी कर्फ्यु थप खुकुलो पार्ने वा फिर्ता लिने सम्बन्धमा पुनः सूचित गरिने जनाइएको छ । साथै गोलबजार क्षेत्र भई सञ्चालन हुने लामो दुरीका सवारी साधन सञ्चालनमा आवश्यक सहजीकरण गर्न र कर्फ्यु खुकुलो पारिएको बेलामा ५ जनाभन्दा बढी भेला नहुन समेत सूचित गरिएको छ ।