Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- साइप्रसका हलमा नेपाली फिल्म ‘हली’प्रदर्शनमा आउने कमफम
- ‘गौँथली’ को अग्रिम टिकट बुकिङ खुला, २ सय भन्दा बढी शो पाउने वितरक श्रेष्ठको दाबी
- नायिका परीक्षा लिम्बु र कोरियोग्राफर तमूसहित ‘ग्लोबल डान्स लिग थाइल्यान्ड २०२६’मा नेपालको सहभागिता
- दया र मिरुनाले थाले ‘रातो घेरा’को सुटिङ,अनिलले गर्दैछन् निर्देशन
- ‘मितज्यू’का निर्माता जनक घर्ती मगरले घोषणा गरे चलचित्र ‘आकाश वर्षा’
- किसानलाई सावधानी अपनाउन आग्रह
- कांग्रेसले सांसदहरूलाई तोक्यो जिल्लाको जिम्मेवारी
- आगामी आर्थिक वर्षमा १६६ विधेयक पेस गरिने
- राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
- नेप्से परिसूचक १४ अङ्कले बढ्यो
एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय
काठमाडौँ,
स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । शुक्रबारको तुलनामा आज प्रतितोला सुन रु दुई हजार ४०० र चाँदी रु दुई सय ९० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख तीन हजार ८०० त्यति नै चाँदीको मोल रु छ हजार ४८० कायम भएको छ ।
गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ४०० र त्यति नै चाँदीको मोल रु छ हजार १९० कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९८७ र त्यति नै परिमाणको सेतो धातु १०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।