सुचना, समाचार र मनोरन्जन

दुर्गेशको ‘नाच नाच भाइ नाच’गीतको भिडियोलाई १४ घण्टामा एक लाख ७९ हजारभन्दा बढि भ्युज

काठमाडौं :

ग्लोबल हिट ‘दुश्मन हेरेको हेर्‍यै’ र युट्युबमा २४ घण्टामा सर्वाधिक हेरिने नेपाली गीत ‘जाने भए जाम माया’ पछि गायक दुर्गेश थापाले जन्मदिन अवसरमा शनिबार नयाँ गीत सार्वजनिक गरेका छन् ।

शनिबार उनै दुर्गेशले नयाँ ‘नाच नाच भाइ नाच’को भिडियो रिलिज गरे। शनिबार बेलुका सामाखुसीस्थित सिटी स्क्वायर मलको प्रांगणमा आयोजित भव्य समारोहमा उक्त गीत सार्वजनिक गरिएको हो ।
आफ्नो छोरा दक्षित दुबैजनाको एकैदिन जन्मदिनका अवसर पारेर उनले यो गीत रिलिज गरेका हुन्। यसै गीतमार्फत दुर्गेशका छोरा दक्षितले पनि अभिनयमा डेब्यू गरेका छन् । यो समाचार तयार पार्दासम्म एक लाख ७९ हजार भन्दा बढि दर्शकले हेरेका छन् भने २३ हजारले लाइक गरेका छन्। साथै २७ सयभन्दा माथी कमेन्ट गरिएको छ।

दुर्गेशको शब्द तथा संगीत रहेको गीतमा उनीसहित राजेशपायल राई, वर्षा इटानी र भ्योमाले गाएका छन्। साथै गीतको भिडियोमा दुर्गेशसहित सुरजसिंह ठकुरी, इभा गिरी, रोशन अधिकारी, भ्योमा र पेमा लामा फिचर्ड छन् । र्‍याप गायन भ्योमाको छ । उनीहरुको गीत अभिनयलाईले सकरात्मक प्रतिक्रिया दिएका छन्।

 

Leave A Reply

Your email address will not be published.