सुचना, समाचार र मनोरन्जन

सुनको मूल्य तोलामा  चार सयले बढ्यो

काठमाडौं : स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ। लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज तोलामा रु चार सयले वृद्धि भएको हो।

Chaka Panja

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ६० हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ६१ हजार तीन सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु तीसले वृद्धि भएको छ। बिहीबार प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार नौ सय ८० निर्धारण भएको छ।

Leave A Reply

Your email address will not be published.