सुचना, समाचार र मनोरन्जन

सुनको मूल्य तोलामा  ६ सयले बढ्यो

 

काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्य तोलामा  छ सयले वृद्धि भएको छ।

Pach Pandav

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन गत असोज ३० गते एक लाख ६१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६२ हजार चार सय निर्धारण भएको छ।

 

यस्तै, चाँदीको मूल्यमा  परिवर्तन भएको छैन । चाँदी आजका लागि भने प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार हुने गरी निर्धारण भएको छ।

Leave A Reply

Your email address will not be published.