सुचना, समाचार र मनोरन्जन

सुनचाँदीको मूल्य घट्यो

 

काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै आज स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला रू आठ सय र चाँदी प्रतितोला रू ३० घटेको हो ।

 

Pach Pandav

गत शुक्रबार प्रतितोला रू एक लाख ५७ हजार नौ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ५७ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

त्यस्तै, आज चाँदी प्रतितोला रू एक हजार आठ सय ६० मा कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला रू एक हजार आठ सय ९० मा खरिद बिक्री भएको थियो ।

 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस अमेरिकी डलर १६ दशमलव २५ ले घटेर दुई हजार सात सय तीन दशमलव दुई कायम भएको छ ।

Leave A Reply

Your email address will not be published.