सुचना, समाचार र मनोरन्जन

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

 

काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा रु ९०० सयले घटेको छ ।

 

आज एक तोला छापावाल सुनको मोल रु एक  लाख ५९ हजार २०० कायम भएको महासङ्घका जनाएको छ । सोही परिमाणको सुनको मूल्य सोमबार रु एक लाख ६० हजार १०० मा कारोबार भएको थियो ।

 

यसैगरी, सोमबार रु एक  हजार ८५० कायम भएको एक तोला चाँदीको मूल्य आज रु १५ ले घटेर रु एक हजार ८३५मा कारोबार भइरहेको  महासङ्ले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.