सुचना, समाचार र मनोरन्जन

सुनको मूल्य ३ लाखमा झर्यो, आईतबार कति घट्यो?

काठमाडौं,

नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो ।

यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा ३ लाख रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सो सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १ हजार ५६५ रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य तोलामा ५ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.