सुचना, समाचार र मनोरन्जन

सुनको भाउ ३ हजार ८०० रुपैयाँले बढ्यो

काठमाडौँ– आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ३ हजार ८०० ले बढेर तोलाको ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख १३ हजार २०० रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदी तोलामा ३१० रुपैयाँले बढेको छ । भाउ बढेर चाँदी तोलामा ५ हजार ७२० रुपैयाँ पुगेको छ । चाँदी हिजो तोलाको ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

Leave A Reply

Your email address will not be published.