सुचना, समाचार र मनोरन्जन

एकै दिन तोलामा दुई हजार ४०० ले घट्यो सुनको भाउ

काठमाडौं,

नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८४ हजार ७०० कायम भएको छ । बुधबार प्रतितोला रु दुई लाख ८७ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज रु दुई हजार ४०० ले घटेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम रु दुई लाख ४४ हजार ८५ निर्धारण गरिएको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला रु चार हजार ३४० कायम भएको छ । बुधबार प्रतितोला रु चार हजार ५०० रहेको चाँदीको मूल्य आज रु १६० ले घटेको हो । आज चाँदीको मूल्य प्रतिदश ग्राम रु तीन हजार ७२० दशमलव ५० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Leave A Reply

Your email address will not be published.