Trending
- जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा कृष्णबाबु बराल
- गीता अधिकारीलाई ‘नातिकाजी राष्ट्रिय कलापत्रकारिता पुरस्कार २०८१’
- आँचल शर्मा भावुक : ‘एक मुठ्ठी बादल’को गीतमा विवाहअघि युवतीको मनोभाव
- ‘रोल नं १’को गीत ‘म्याग्दी रुमाले’मा विनोदले कसलाई राखे प्रेमप्रस्ताव
- ‘सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयास जारी छ’
- एकदिवसीय अभ्यास शृङ्खलामा नेपाल ‘ए’ को लगातार दोस्रो जीत
- तालचोक-बेगनास सडकः तेस्रोपटक म्याद थप
- माइतीघरमा सुकुम्वासीको नाराः ‘हुनुपर्छ चमेली सबैलाई बराबर’
- मनसुन पूर्वानुमान अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड
- १५ कारोबार दिनपछि दोहोरो अङ्कले बढ्यो नेप्से, शेयर बजार २ हजार ७४५ विन्दुमा
- यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
सुनचाँदीको भाउ सामान्य घट्यो
काठमाडौँ,
स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुन रु दुई हजार ९०० र चाँदी रु ५० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९२ हजार २०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८७० कायम भएको छ ।
बुधबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको थियो । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८८० कायम भएको थियो । गत आइतबार एक तोला सुन रु दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको थियो । सोमबार एक तोला सुन रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको सेतो धातु रु पाँच हजार ८१० मा खरिदबिक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६९५ र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।