सुचना, समाचार र मनोरन्जन

भोलिदेखि पोखरामा हुने ‘टाइगर कप’ भलिबलको खेल तालिका सार्वजनिक

काठमाडौँ,

पर्यटकीय नगरी पोखरामा भोलिदेखि सञ्चालन हुने ‘टाइगर कप’ राष्ट्रियरअन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक टाइगर ग्रुप अफ पोखराले पोखरा रङ्गशालामा रहेको भलिबल कोर्टमा प्रतियोगिताको खेलाउँदैछ ।

आयोजकले हिजो सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा पुरुषतर्फ गण्डकी प्रदेश भलिबल सङ्घ र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच खेल हुनेछ । प्रतियोगिताको पहिलो दिन तीन खेल हुनेछ ।

पुरुषतर्फ पहिलो खेल पाहुना टोली मालदिभ्स र नेपाल आर्मी क्लबकाबीच हुनेछ भने महिलातर्फ न्यू डायमण्ड र नेपाल आर्मी क्लबबीच खेल हुनेछ । माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ पाँच गरी ११ टिमको सहभागिता रहेको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ तीन विभागीय टोली नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, पर्वत जिल्ला भलिबल सङ्घ र मालदिभ्स भलिबल एशोसिएसन क्लबको सहभागिता रहेको छ ।

त्यस्तै महिलातर्फ तीन विभागीय टोली नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ क्लबसहित टिपटप न्यू डायमण्ड युथ स्पोट्र्स क्लब र थाइल्याण्ड क्विन्सको सहभागिता रहेको छ । छैटौँ संस्करणको उपाधि जित्ने महिला तथा पुरुष टोलीले समान ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, ट्रफी र मेडल पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले नगद ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ तथा तेस्रो हुने टोलीले नगद १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष शर्माले बताए ।

यसैगरी, सर्वोत्कृष्ट खेलाडीले नगद २६ हजार ६ सय ६६ प्राप्त गर्दा अन्य विद्यागत महिला तथा पुरुष उत्कृष्ट हुने खेलाडीले समान नगद ११ हजार ६ सय ६६ का साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । पाँचौँ संस्करणको टाइगर कपमा पुरुषतर्फ नेपाल पुलिस क्लबले जितेको थियो भने महिलातर्फ आयोजक टोली टाइगर ग्रुपले पहिलो पटक उपाधि जितेको थियो ।

Leave A Reply

Your email address will not be published.