सुचना, समाचार र मनोरन्जन

भारतिय अभिनेताले गरे नेपाली फिल्म ‘गोर्खा वारिअर’को प्रशंसा

काठमाडौं :

भारतिय अभिनेता अनुपम खेरले नेपाली फिल्म ‘गोर्खा वारिअर’को प्रशंसा गरेका छन् । उनले आइतबार इन्स्टाग्राम स्टोरीबाट फिल्मको पोस्टर सेयर गर्दै उनले ट्रेलर मनको बताएका हुन्। उनले फिल्मको ट्रेलर मन परेको भन्दै सञ्जालमा उल्लेख गरेपछि निर्देशक मिलन चाम्स दंग परेका छन्।
निर्देशक मिलन चाम्सलाई ट्याग गर्दै उनले लेखेका छन्, ‘ट्रेलर निकै मनप¥यो । नेपाल ।’ उनले यो स्टाटसमा ताली बजाएको इमोजी पनि उल्लेख गरेका छन् ।
शुक्रबारबा रिलिज भएको यो फिल्मले सन् १९४८ देखि १९६० सम्म चलेको मलाया संकटकालको बेला स्वतन्त्रता लडाकुहरुले बेलायती उपनिवेशविरुद्ध थालेको सशस्त्र विद्रोहको कथा प्रस्तुत गरेको छ।
निर्देशक चाम्स निर्देशित फिल्म गोर्खा वारिअरमा जंगल सर्भाइभल फिल्मले मलाया लडाकुले कब्जामा लिएका ब्रिटिस गोर्खा सैनिकलाई मुक्त गर्न प्रमुख पात्रले गरेको वीरतापूर्ण लडाइँको कथा पेश गर्छ । फिल्ममा रितेश चाम्स,रेबिका गुरुङ,रियर राई,बिजय लामा लगायतले अभिनय गरेका छन्।

Leave A Reply

Your email address will not be published.