सुचना, समाचार र मनोरन्जन

विज्ञान न्यौपाने र समीक्षा अधिकारीको स्वरमा डिजेल गाडी

काठमाडौं :

गायक विज्ञान न्यौपाने र गायिका समीक्षा अधिकारीको स्वरमा डिजेल गाडी बोलको गीत सार्वजनिक भएको छ। नेपमेलो र गायक विज्ञान न्यौपानेको संयुक्त प्रस्तुति रहेको गीतमा शब्द लय र म्युजिक प्रोडक्सन समीर आचार्य र नेपमेलो स्टुडियो को रहेको छ।

शनिबार नेपमेलो युटुयुव च्यानलबाट रिलिज गरिएको गीतको भिडियोमा देवेन्द्र बब्लु र करिष्मा ढकालको जोडीलाई देख्न सकिन्छ । भिडियोलाई सान थापाले गरेका हुन्। अर्जुन तिवारीले छायांकन गरेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.