सुचना, समाचार र मनोरन्जन

‘गोर्खा वारियर’ले चार दिनमा कमायो डेढ करोड,बिहिबारसम्म हाउसफूल

काठमाडौं :

शुक्रबारबाट हलमा लागेको फिल्म ‘गोर्खावारियर’ले चार करोड कलेक्सन गरेको छ। मंगलबार काठमाडौंको हात्तिसार स्थित नेपाल हाउसमा निर्माण पक्षले पत्रकार सम्मेलन गर्दै चार दिनको कलेक्सन सुनाएको हो। नेपालभर दर्शकले पहिलो दिनभन्दा दोस्रो दिनबाट हलमा तानिन थालेको निर्देशक मिलन चाम्सले बताए। उनका अनुसार फिल्मले लगानी करिब करिब उठाइसक्यो।

यस फिल्मका वितरक करण श्रेष्ठले फिल्मको पहिलो र दोस्रो दिनभन्दा अहिले राम्रो दर्शक बढेको बताए। उनले नेपालभरको कलेक्सनको बारेमा जानकारी दिदै फिल्म हेर्न दर्शक हलमा आउन थालेको बताए। उनका अनुसार शुक्रबार फिल्मले ३२ लाख कलेक्सन गरेको थियो। दोस्रो दिन अर्थात शनिबार ५१ लाख कलेक्सन भएकोमा आइतबार ३० लाख भएको बताए। उनले सोमबार दिउँसोसम्ममा ३७ लाख गरेर डेढ करोड कलेक्सन भएको जानकारी दिए।

निर्देशक मिलन चाम्सले फिल्मलाई नेपालमा मात्र नभएर विदेशमा पनि माग उच्च रहेका बताए। अहिले एक अमेरिकन कम्पनीले समेत फिल्मलाई किनेको उनले जानकारी दिए। यस फिल्ममा रितेश चाम्स,रेविका गुरुङ,रियर राई,विजय लामा लगायतको मुख्य भुमिका रहेको छ।

Leave A Reply

Your email address will not be published.