सुचना, समाचार र मनोरन्जन

तनहुँ सम्पर्क समाज पोखराको स्थापना दिवसमा दुई दिवसीय कार्यक्रम

पोखरा /

तनहुँ सम्पर्क समाज पोखराले आफ्नो २२ औँ स्थापना दिवस दुई दिवसीय कार्यक्रम गरी मनाएको छ ।

तनहुँबाट पोखरा आई स्थायी तथा अस्थायी रुपमा पेशा तथा व्यवसायमा आबद्ध तनहुँद्वारा स्थापित समाजले शुक्रबार यूआरएलको सहयोगमा आफ्ना सदस्यहरुको निःशुल्क रक्त परिक्षण तथा फोक्सो सम्बन्धी स्वास्थ्य परिक्षण मणिपाल हस्पिटलका छातिरोग विशेषज्ञ डा.सिपी आचार्यद्वारा गरेको थियो भने शनिबार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको थियो ।

शुभकामना कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले समाजले आफ्ना सदस्यहरुलाई मातृभूमिप्रति जिम्मेवारी बनाउन र सबै क्षेत्रका तनहुँको प्रतिनिधित्व कायम गरी सामाजिक कार्यमा निरन्तर लाग्ने प्रेरण सबैमा जगाउनुपर्ने भनाई व्यक्त गरे । मन्त्री आलेले ‘वर्तमान समयमा जनमानसमा आफ्ना हरेक चाहाना पुरा भएन भन्ने भाष्य खडा गर्ने नकरात्मक सोचप्रति समाज अगाडि बढेको र जनतालाई आफ्नो जिम्मेवारी पनि पुरा गराउन र निराशावादलाई आशामुखी बनाउन हामी सबैको दायित्व रहने बताए । समाजमा राजनीतिक तथा समाजिक संस्कार विकास नगरी विकास तिव्र नहुने भन्दै छिटो प्रतिफल दिने, उत्पादनमुखी र रोजगार मुखी कार्यक्रममा समाजका सचेत वर्गले सुझाव दिनसमेत आग्रह गरे ।

प्रदेश नीति तथा योजना आयोग सदस्य डा. सुवास अधिकारीले जनचासोलाई सम्बोधन गरी नतिजामुखी कार्यक्रममा समाजले समन्वय गर्नुपर्ने बताए । प्रदेश प्रहरी कार्यालय प्रमुख नायव प्रहरी महानिरिक्षक विकासराज खनालले समाजमा अपराधिक मानसिकता बढ्दै गएको र त्यस्ता गतिविधिले विकृती र विसंगतीलाई बढवा दिने हुँदा समाजमा विखण्डन ल्याउने गतिविधिलाई निर्मुल पार्न हामी सबैको दायित्व रहेको बताए । पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ साइन्सका डिन सह प्राध्यापक डा. अमर नागिलाले मातृत्व र भातृत्वको महत्वलाई बुझाउन समाज सदैव अग्रसर रहनुपर्ने बताए ।

कार्यक्रममा मातृभूमि बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष हरिप्रसाद खनाल, समाजका सल्लाहकार मुरलीमोहन काफ्ले, डा. श्रीकान्त शर्मा खतिवडालगायतले शुभकामना मन्तव्य राखेका थिए भने समाजका अध्यक्ष भरत केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको महासचिव यामबहादुर सुर्खालीले सञ्चालन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.