सुचना, समाचार र मनोरन्जन

उत्तरी गोरखामा आगलागी, तीन घर जले

गोरखा/

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ ताजुस्थित कुन्साङ लामाको घरमा आगलागी भएको छ । बिहीवार दिउँसो करिव साढे चार बजेको समयमा भएको आगलागीका कारण लामाको जस्ताले छाएको दुई वटा कच्ची घर र भूकम्प पश्चात निर्माण भएको एउटा घर जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

sfal

खाना पकाउन चुल्होमा बालेको आगो बलोमा सल्किएर आगलागी भएको प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए । ‘घरभित्रको लत्ता कपडा, अन्नपात र भाडाकुडा पनि सबै जलेका छन्,’ उनले भने, ‘घरको भुइँ तलामा रहेका ११ वटा पशुचौपाया पनि मरेका छन् ।’

आठ वटा गाई र तीन वटा गोरु जलेर मरेको उनले जानकारी दिए ।

घटनाको जानकारी पाएलगतै चुम्चेत प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएका थिए । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय क्षति भने नभएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शर्माले बताए ।

Leave A Reply

Your email address will not be published.