सुचना, समाचार र मनोरन्जन

गोर्खा क्यापरिकनमा नेपाली चलचित्र प्रबर्द्धनसम्बन्धी अन्तरक्रिया सम्पन्न

पोखरा/

नेपाली चलचित्र प्रबर्द्धनसम्बन्धी नेपाली चलचित्रका ख्यातिप्राप्त निर्माता-निर्देशक आकाश अधिकारी संग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन भएको छ । साउथईष्ट लन्डनस्थित गोर्खा क्यापरिकनमा शनिबार इनास युकेले अन्तरक्रिया आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी रोयल बरो ग्रीनवीचका मेयर जित रानाभाट उपस्थिति रहेका थियो ।

कार्यक्रमका प्रमुख अतिथी रोयल बरो ग्रीनवीचका मेयर जित रानाभाटले भने”नेपाली चलचित्र बिदेशमा प्रवर्द्धन गर्नु हाम्रो संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रभावकारी माध्यम हो। यसप्रकारका कार्यक्रमहरूले हाम्रो कला, संस्कृतिलाई विश्वसामु उजागर गर्न मद्दत पुर्‍याउनेछन्।”

कार्यक्रम इनास युके चलचित्र प्रबर्द्धन समितिको आयोजनामा सम्पन्न भएको हो।
यस अवसरमा बिदेशमा नेपाली चलचित्रलाई कसरी कार्यक्रममा अधिकारीले बोल्दै”नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन ।

कार्यक्रमको संचालन अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका ग्लोबल उपाध्यक्ष मनीष श्रेष्ठले गरेका थिए भने कार्यक्रमको समापन इनास युकेका प्रबक्ता विज्ञान कार्कीले धन्यवाद ज्ञापन गर्दै गरेका थिए।

संस्थाका ग्लोवल प्रतिनिधि सुशिल प्रजापति , ईनास ग्लोवल उपाध्यक्ष मनिष श्रेष्ठ , सदस्य गेहेन्द्र शाक्य
पूर्ब अध्यक्ष विनोद चिपालु , पुर्व इनास ग्लोबल प्रतिनिधि गुणदेव घिमिरे,निर्मात्री अनु श्रेष्ठ लगायत ईनाश यूकेका सदस्य,पत्रकार तथा सुभ चिन्तक हरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.