सुचना, समाचार र मनोरन्जन

‘भाइरल गोर्खे’ प्रचारमा सृष्टिको एक शब्दले मच्चायो हलचल

काठमाडौं :

आगामी माघ १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘भाइरल गोर्खे’को प्रचारप्रसारका क्रममा अभिनेत्री सृष्टि श्रेष्ठको दौडधुप छ। उनीहरु फिल्मको ट्रेलर रिलिजको दिनबाट एक शब्दले ट्रोल बनिरहेका छन्।

त्यो ट्रोल बनेको शब्द हो अभिनेत्री श्रृष्टिले सौगातलाई ‘दाइ’ भनेर सम्बोधन गरेपछि। जुन कुराले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। ट्रेलर सार्वजनिक कार्यक्रममा भएको उक्त सम्बोधनलाई लिएर व्यापक टिप्पणी र ट्रोल भएपछि सृष्टिले सोमबार मिडियाकर्मीसामु यसबारे स्पष्टोक्ति दिएकी नै दिएछन्।

पत्रकार भेटघाटमा सृष्टिले कार्यक्रमको क्रममा पत्रकारको प्रश्नको ‘फ्लो’मा आफूबाट ‘दाइ’ शब्द निस्कन पुगेको बताइन्। उनले दर्शकसँग माफीम माग्दै भनिन्, ‘मैले जानेर भनेको होइन। उहाँलाई म सधैं सौगात नै भन्छु। त्यो ‘टङ स्लिप’ थियो।’ उनले त्यो बेला कसैले प्रश्न सोधेको क्रममा आफुले दाई भन्न पुगेको स्वीकार गरिन्। उनले मिडियाकर्मीमार्फत माफी मागेपछि छेवैमा बसेका सौगात मल्ल मुसुमुसु हासेका थिए।
खास श्रृष्टिले सौगातलाई दाई भन्दा ट्रोल बन्नुको रहस्य उनीहरु प्रेम सम्बन्धमा रहेका थिए। सोही विषयलाई लिएर कसरी दाई भन्ने कुराले ट्रोल बनेको हो।

यस कुरालाई छेवैमा रहेका अभिनेता मल्लले पनि उक्त विषयलाई सामान्य रूपमा लिएको बताए। सृष्टिले ‘दाइ’ भनेकोमा आफूलाई कुनै प्रतिक्रिया नभएको तर्क गरे। उनी भन्छन्,‘ ‘मलाई थाहा थियो, त्यो ‘टङ स्लिप’ हो भन्ने। यस्ता कुरा त जोकोहीबाट कहिलेकाहीँ हुन सक्छन्।’  सौगात मल्ल र सृष्टि श्रेष्ठबीच विगतमा लामो समय प्रेम सम्बन्ध रहेको थियो। करिब ७ वर्षको प्रेम प्रेम सम्बन्ध उनीहरूले ३ वर्षअघि सम्बन्ध अन्त्य गरेका थिए। उनीहरुको एकअर्काको सहकार्यमा ५ वटा फिल्ममा काम गरिसकेका छन्। ‘भाइरल गोर्खे’उनीहरुको पछिल्लो फिल्म हो। यस फिल्मलाई निगम श्रेष्ठले निर्देशन गरेका हुन्।

Leave A Reply

Your email address will not be published.