सुचना, समाचार र मनोरन्जन

‘बुलबुल’की अभिनेत्री लक्ष्मी बर्देवा रास्वपाको केन्द्रीय सदस्यमा

काठमाडौं :

फिल्म ‘बुलबुल’बाट चर्चामा आएकी अभिनेत्री लक्ष्मी बर्देवा राजनीतिमा प्रवेश गरेकी छन्। उनी ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को केन्द्रीय सदस्यमा मनोनीत भएसँगै राजनीतिमा उनको प्रवेश भएको हो।

आइतबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले लक्ष्मीसहित ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो। सो सूचीमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह पनि समावेश छन्। लक्ष्मीलाई बालेनको टिमबाट केन्द्रीय सदस्यका लागि सिफारिस गरिएको बताइन्छ। पार्टीका अनुसार उनले केही दिनभित्रै पद तथा गोपनीयताको शपथ लिनेछिन्।

प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा कलाकारहरूको राजनीतिक सक्रियता बढिरहेको सन्दर्भमा लक्ष्मीको प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ। फिल्म र रंगमञ्चमा सशक्त उपस्थिति बनाएकी लक्ष्मीको पछिल्लो समय फिल्म ‘अभिमन्यू’ प्रदर्शनमा आएको छ। यसअघि उनले फिल्म ‘घामपानी’, ‘विच्क्षेद’, ‘सेल्फी किङ’, ‘चङ्गा’लगायत एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छन्। साथै उनका दर्जनौ हिट म्युजिक भिडियोहरु पनि रहेका छन्।

Leave A Reply

Your email address will not be published.