सुचना, समाचार र मनोरन्जन

चैत्र २ गते ललितपुरमा पाकिस्तानी गजलकार गुलाम अली गुञ्जने,टिकट ५ हजारदेखि २ लाखसम्म

काठमाडौं :

‘गाजालु ति ठुला ठुला आँखा’जस्ता नेपाली गजल गाएर नेपाली स्रोतामाझ बेग्लै छाप बनाएका  प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली नेपालमा गुञ्जने भएका छन्। उनले आगामी चैत्र २ गते शनिबार ललितपुरको पुल्चोकस्थित प्लाजामा करिब ३ घण्टा ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रममा गजलप्रेमी दर्शक तथा श्रोतालाई मन्त्रमुग्ध बनाउने छन्।

शनिबार यो कार्यक्रमको आयोजक साधना कला केन्द्रले काठमाडौंमा पत्रकार सम्मेलनको आजोजना गर्दै यसको बारेमा जानकारी दिएको हो। साधना कला केन्द्रका सञ्चालक मिलन मोक्तानले गजलकार गुलाम अलीको डिमाण्ड अनुसार नै नेपालमा कार्यक्रमको आयोजना गरिएको बताए। उनका गीत सुन्नका लागि स्रोताहरु अहिलेलाई शोको लागि लिमिटेड टिकट मात्रै राखिएको उनले जानकारी दिए।

मार्च १३ तारिक गुलाम अलीसहित ११ जनाको टिम नेपाल आइ पुग्ने छ। उनले ‘गाजलु ती ठुला ठुला आँखा’ लगायतका ४ नेपाली गीतसहित दर्जनौ हिन्दी गीत श्रोतामाझ पस्कने छन्। आयोजक मोक्तानको टिमले पहिलो पटक गुलाम अलीको ती पुस्तालाई एउटै मञ्चमा उर्तान लागेको बताए। गुलाम अलीसँगै उनका छोरा अमिर गुलाम अली र नाती नाजिर गुलाम अलीले पनि नेपाल दर्शक तथा श्रोतालाई आफ्नो स्वरमा मन्त्रमुग्ध पार्ने आयोजकले जानकारी दिएको छ।

सोही कार्यक्रममा वरिष्ठ गीतकार तथा संगीतकार दीपक जंगमलाई विशेष सम्मान समेत गरिने आयोजक टिमले जानकारी दिएको छ। गीतकार तथा संगीतकार जंगमले गुलाम अलीका चार गीतमा शब्द रचना तथा संगीत दिएका छन्। संगीतका जंगमले पनि नेपाली संगीतमा ठुलो योगदान पुर्याएका प्रसिद्ध गलकारसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए। त्यससँगै सोही स्टेजमा आफुलाई सम्मान गर्ने कुराले थप हौसला मिलेको बताए।

साधना कला केन्द्रका सञ्चालक तथा यो कार्यक्रमका आयोजक मिलन मोक्तानले गुलाम अलीको कार्यक्रममा टिकटबाट संकलित रकमको केही प्रतिशत रकम गायन र नृत्यमा लागिरहेका बच्चाहरुलाई १ वर्षको छात्रवृति समेत प्रदान गरिने बताए। यो कार्यक्रमको टिकट व्यवस्थापन इसेवाले गर्नेछ । टिकट मुल्य ५ हजारदेखि दुई लाखसम्म राखिएको जानकारी पत्रकार सम्मेलनमा दिइयो।

Leave A Reply

Your email address will not be published.