सुचना, समाचार र मनोरन्जन

वर्ष २०८१ : गीतसंगीतमा शान्तारानीदेखि दुर्गेशसम्मको राज

काठमाडौँं :

वर्ष २०८१ नेपाली लोक तथा दोहोरीले नै दर्शकमाझ छलाङ मारेको छ। यो वर्ष शान्तारानी परियारको चर्चा स्थान पायो। यता दुर्गेश थापाको पनि ‘दुश्मन हेरेको हेरै’ले पनि सबैको जनजिब्रोमा झुण्डिन सफल रह्यो। यस वर्ष दुर्गेश थापा,शान्तारानी परियार,समिक्षा अधिकारी,ज्योती मगरले देश विदेशका स्टेज कार्यक्रम प्रशस्तै पाए। उनीहरुको आम्दानी पनि मनग्ये नै भयो। अन्य कलाकारको तुलनामा चार जना गायिकाको आम्दानीमा छलाङ मार्यो।

महोत्सवमा सर्वाधिक घन्केको गीत

शान्तारानीको ‘म त ढलेँ ढलेँ’ मेला महोत्समवा सबैभन्दा धेरै बजेको गीत हो। यो गीतको भिडियोले युटुबमा अहिलेसम्म ८ करोड हाराहारी भ्युज पाएको छ। पछिल्लो समयका चर्चित सर्जक खेम सेञ्चुरीको मेलोडी, श्यामश्वेत रसाइलीको म्युजिक एरेन्ज गरेको यो गीतलाई दर्शकले अत्यधिक मन पराएका हुन्।

स्टेजमा सबैभन्दा धेरै गाउनेमा अर्की गायिका हुन् समिक्षा अधिकारी । उनले यो वर्ष जतिसुकै गीत गाएपछि उनको चर्चा भने अघिल्लो यसै वर्ष प्रदर्शनमा आएको फिल्म ‘बोक्सीको घर’मा गाएको गीत ‘बुझिन मैले बुझाई देउ कसैले’कै सवौच्व रह्यो। बैशाखमा रिलिज भएको यो फिल्मको गीत मात्र होइन फिल्मले नै १० करोड भन्दा माथीको व्यापार गरेको थियो।। प्रकाश सपुतको शब्द संगीतमा रहेको यो गीतले अहिले पनि चर्चा बटुलिरहेको छ। हालसालै मात्र पनि समिक्षा अष्ट्रेलियका विभिन्न शहरमा आफ्नो प्रस्तुती दिएर युके पुगेकी छन्। उनको नेपालमा भन्दा बढि बसाई विदेशमा नै रहेको छ। नयाँ वर्षको अवसर पारेर नेपाली दर्शकलाई नचाउन विदेश पुगेकी हुन्।

तीन महिना अघि रिलिज भएको दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्‍यै’ छोटो समयमा ६ करोड १७ लाख बढी भ्युज पाएको छ। उनको सबैभन्दा धेरै चर्चामा रहेको गीत हो। युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत परेको गीतमा दुर्गेशको आफ्नै शब्द तथा संगीत छ।

यस गीतमा गायिकाहरू समीक्षा अधिकारी र एलिना चौहानले समेत गाएका छन्। यो गीतको चर्चाले दुर्गेश थापालाई स्टेजमा प्रस्तुती दिन भ्याई नभ्याइँ छ। उनी आफ्ना दर्शकलाई भेट्नका लागि हेलिकप्टरमा समेत महोत्सवमा पुगेका छन्। यसै वर्ष सुशान्त केसीको गीत बार्दलीले पनि चर्चा पायो। ७ करोड भन्दा बढि युटुबमा भ्युज बटुलेको यो गीत अहिले पनि उतिकै चर्चामा छ। सुशान्त केसीको शब्द, संगीत र स्वर रहेको ‘बार्दली’ गीतमा इन्द्रकला राईले पनि साथ दिएकी छन्। उनी पछिल्लो समय भ्वाइस अफ नेपालकी प्रतिष्पर्धी समेत हुन्।

गायिका ज्योती मगरको पुरानै गीतबाट देशका विभिन्न स्थानमा भएको मेला महोत्सवमा पुगेकी छन्। दर्शकको अत्यधिक रोजाईमा परेकी उनको यो वर्ष कमाई राम्रै भयो। विदेशमा भन्दा पनि बढि माग स्वेदेशका मेला महोत्समा ज्योतीको हुने गरेका छन्। यस वर्ष गायक तथा नायक प्रकाश सपुतले गीत संगीत तथा मेला महोत्सवमा जाने फुर्सद निकालेनन्। उनी फिल्ममा नै व्यस्त भए। कहिले आफ्नो फिल्म ‘वसन्त’त कहिले अरुको फिल्मका काममा व्यस्त भए। उनका लागि यो वर्ष महोत्सव भन्दा पनि फिल्ममय बने।

पुराना कलाकारको भएन चर्चा

पुराना गायक गायिकाहरु छायाँमा परे यो वर्ष। गायक रामकृष्ण ढकालको केहि चर्चा भएता पनि सोचे अनुसारको देखिएन। कहिले अमेरिका त कहिले नेपाल यात्रा गर्दैमा रामकृष्णको यो वर्षको समय बित्यो। अर्का गायक यम बराल फिल्म बनाउने हुटहुटीमा नै समय बिताए।

गायिका विष्णु माझीको हरेक वर्षको तीजमा चर्चा हुन्थ्यो। यस वर्ष उनका गीतले चर्चा पाउन सकेनन्। यता शिव परियारको पनि नयाँ भन्दा पुरानै गीतको चर्चा भयो। मेला महोत्सवमा घुमिरहेता पनि उनको यो वर्ष अघिल्ला वर्षको जस्तो चर्चा भएन। उनी नेपाली गायनमा सर्वाधिक स्टेज पफमर हुन्। तर पनि उनलाई नयाँ पुस्ताका कलाकारहरुले छायाँमा पारे।

Leave A Reply

Your email address will not be published.