सुचना, समाचार र मनोरन्जन
Pdms

धम्पुस घोताने चेलीबेटी समूहमा मायाकुमारी गुरुङ

 

पोखरा : धम्पुस घोताने चेलीबेटी समूह पोखराको सम्मेलनले मायाकुमारी गुरुङलाई ३ वर्षका लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको छ ।

उपाध्यक्षमा तिलकुमारी गुरुङ, सचिवमा जगन गुरुङ, कोषाध्यक्षमा लालकुमारी गुरुङ, सहसचिवमा दुर्गाकुमारी गुरुङ, सहकोषाध्यक्षमा मनदेवी गुरुङ चयन भएका छन् भने सदस्यहरूमा विनु गुरुङ, रुद्रकुमारी गुरुङ, सिर्जना गुरुङ, शान्ति गुरुङ, बसन्त गुरुङ, कृता गुरुङ, ममता गुरुङ र राधा गुरुङ रहेका छन् । सल्लाकारमा निवर्तमान अध्यक्ष शान्ति गुरुङ र रसदेवी गुरुङ मनोनित भएका छन् ।

धम्पुस पोखरी, घलेल, लान्दु्रक, कुदवीडाँडा, बरालडाँडा, घाचोक, लाहाचोक सहित ७ गाउँका १ सय २० भन्दा बढी चेलीबेटी समूहलाई नवनिर्वाचित अध्यक्ष मायाकुमारी गुरुङले आफ्ना स्वर्गीय पति आलेबहादुर गुरुङको संझनामा ५० हजार, छोरीहरू ज्योति गुरुङबाट ५० हजार र उन्नति गुरुङबाट ५० हजार सहयोग जुटाइ १ लाख ५० हजार बराबरको १ सय २० वटा साडी प्रदान गरिन् ।

गुरुङ जातिको चालचलनलाई जोगाउँदै सामाजिक विकृति र विसङ्गतिविरुद्ध एकजुट भइ अगाडि बढ्ने प्रतिवद्धता जनाउँदै चेलीबेटी समूहको कोषलाई आफ्नो कार्यकालमा १ करोड पुर्‍याउने लक्ष्य राखेको अध्यक्ष मायाकुमारीले जानकारी दिएकी छन् ।

आफ्नो माइती गाउँ र थातथलो छोडेर पोखरामा बसोबास गर्ने चेलीबेटी समूहले समाज सेवा र आफन्तजनको सुखदुखमा साथ दिँदै आएको छ । गुरुङ संस्कार, संस्कृति, भाषा, भेषभूषा संरक्षण गर्दै गुरुङ नाच र गीतसङ्गीतमा चेलीबेटीलाई आबद्ध गर्दै आफन्तजनको मृत्यु र शोक कार्यमा मलम पढ्ने परम्परालाई जीवन्त बनाएको सचिव जगन गुरुङले बताइन् ।

समूहले गाइघाट गुम्बामा भवन निर्माण गरेको छ । बुद्ध अर्घौ सदनलाई १ लाख ५ हजार नगद सहयोग लगायत हेम्जा गुम्बा, घान्द्रुक गुम्बालाई भौतिक र आर्थिक सहयोग गरी कोषमा ४८ लाख रहेको निवर्तमान अध्यक्ष शान्ति गुरुङले जानकारी दिइन् ।

Leave A Reply

Your email address will not be published.