सुचना, समाचार र मनोरन्जन
Pdms

चलचित्र ‘परिवार’को घोषणा: टाइटलमै लुकेको पारिवारिक द्वन्द्वको संकेत

काठमाडौं :

चलचित्र ‘परिवार’ निर्माणको घोषणा गरिएको छ। राजधानीमा शुभमुहूर्त गर्दै निर्माणपक्षले आज यो चलचित्र निर्माणको घोषणा गरेको हो। मदन थापाको निर्देशन रहने चलचित्रको शुभमुहूर्तसँगै छायाकंन सुरुवात गरिएको छ।

यस सिनेमाको अधिकांश छायाकंन काठमाडौंमा हुनेछ भने केही दृश्य भ्याली बाहिर छायांकन गर्ने निर्माणपक्षले जानकारी दिएको छ। निर्देशक थापाले यस अघि चलचित्र ‘बाटो: रोड टू डेथ’ निर्देशन गरेका थिए। भदौ २७ गते रिलिज हुने चलचित्र ‘अभिमन्यु : च्याप्टर-१’मा क्रिएटिभ निर्देशकको रुपमा समेत काम गरेका छन्।

चलचित्र ‘परिवार’को अनाउन्समेन्ट पोस्टरमा चारजना व्यक्ति छन्। एक पुरुष, दुई महिला र एउटा बच्चा देखिएको छ। दुईवटी श्रीमती हो कि भन्ने शंका गर्न सकिन्छ। सँगै कुकुर र बिरालो पनि छन्।

टाइटल डिजाइनमा ‘परि’ छुट्टै लेखिएको छ भने बाँकी अंग्रेजीमा डब्ल्यूएआर अर्थात् ‘वार’ लेखिएको छ। यसले परिवारमा रहेको द्वन्द्वलाई संकेत गरेको छ। परिवारका सदस्यका साथमा रहेको कुकुर र बिरालोले मिल्न नसकेको परिवार अथवा झगडा भइरहने परिवारको संकेत गरेको छ ।

चलचित्रमा को-को कलाकार छन् भन्ने बारेका निर्माण पक्षले कुनै जानकारी खुलाएको छैन। चलचित्रमा किरण रिजाल, रमेश साही, भिसाका बिक्रम थापा, स्प्रान्जा कँडेल निर्माता रहेका छन्। सहनिर्मातामा सन्तोष अधिकारी छन्। चलचिको कथा प्रेम थापा र गणेश उपाध्यायले लेखेका छन् । स्टोरी डिरेक्सन भने निर्देशक थापाकै छ। निरज कँडेलको डिओपी रहने सिनेमामा शेर शाही क्रिएटिभ डिरेक्टर छन्।

स्टाइल डिरेक्सन विशाखा बिक्रम थापाको रहनेछ भने सिनेमेटोग्राफी विशेष महर्जनको रहनेछ। चिफ एडी सिर्जजा भुजेल, असिस्टेन डिरेक्टर राजिव गहतराज, एक्सन डिरेक्टर एनबी महर्जन रहनेछन् । लाइन प्रोडुसरमा वारिस सोना, कार्यकारी निर्मातामा रमेशबहादुर शाही छन्। रे अफ आर्टको प्रस्तुति रहने चलचित्रमा भिसा आई फिल्मस र साही फिल्मस पनि सहकार्य रहनेछ । आत्रेय प्रोडक्सन हाउसको उत्पादन रहने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.